१० लाख बढीको भन्सार छलीका समानहरु सहित ५ वटा मोटरसाईकल सर्लाही प्रहरीको नियन्त्रणमा

393 Shares

सर्लाही प्रहरीले रु दश लाख भन्दा बढीको भन्सार छलीका विभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिएर सर्लाही भन्सार कार्यालय बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी कार्यालयहरुबाट नियन्त्रणमा लिएका विभिन्न किसिमका लत्ता कपडा,किरानाका सामानहरु,पेय पदार्थ,इलेक्ट्रोनिक्स र कस्मेटिक सामानहरु सहित पाँच वटा मोटरसाईकल गरी अन्दाजी रु १० लाख नौ हजार सात सय २५ बराबरको सामान आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट गस्तीमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउँदै गरेका विभिन्न किसिमका लत्ता कपडा,किरानाका सामानहरु,पेय पदार्थ,इलेक्ट्रोनिक्स र कस्मेटिक सामानहरु सहित पाँचवटा मोटरसाईकल गरि अन्दाजी रु १० लाख नौ हजार सात सय २५ बराबरको मालसामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाइएको हो ।भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा सक्रियता देखाएको सर्लाही प्रहरीले हरेक दिन ठूलो मात्रामा भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएर भन्सार बुझाउने गरेको छ ।

सम्बन्धित समाचार