सर्लाहीको हरिवन नगरपालिकामा हात्तिको आक्रमणबाट करिब रु २ लाख बराबरको क्षति भएको छ । मंगलबार दिउँसो आएका जंगली हात्तिको समूहले हरिवन नगरपालिका–१, गमडिकुना स्थित भैरव बहादुर सिंंहको कच्ची घरमा क्षति पुर्याएको छ ।
हात्तिले सिंहको घर पूर्ण रुपमा भत्काई घरभित्र रहेको एक क्वीन्टल धान र चार क्वीन्टल मकै खाईदिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । हात्तिको आक्रमणबाट घर र खाद्यान्न गरी रु २ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
केही समय अघि देखी नै सर्लाहीको घारीबथान,परवानीपुर,हिरापुर,जियाजोर लगायतका विभिन्न क्षेत्रमा देखा परिरहेको हात्तिले जनधनको क्षति पु¥याउन सक्ने भएकाले घाँस दाउराका लागि जंगल जादाँ र जंगलको बाटो भएर यात्रा गर्दा सजगता अपनाउन डिभिजन वन कार्यालय सर्लाहीले अनुरोध गरेको छ । तीनवटा हात्तिहरु केही समयदेखि बागवानीको जंगल क्षेत्रमा बस्दै आएका थिए । ती हात्तिहरु उत्तरी चुरे क्षेत्रतर्फ लागेको बताईएको छ । भने जिल्लामा अहिले सम्म हात्तिहरुले यो सिजनमा कुनै पनि क्षेती नगरेको प्रहरीले जनाएको छ ।