तीनपाटन २ की कार्कीको हत्यामा संग्लग्न २ जना पक्रउ

305 Shares

सिन्धुलीको तीनपाटन गाउँपालिका २ पहिरेकी अन्दाजी ४० वर्षीया छत्र कुमारी कार्की९थापा०को विभत्स हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। गत कार्तिक १७ गते सम्पर्क विहिन भएकी कार्कीको कात्तिक २१ गते तीनपाटन गाउँपालिका १ सिसौघारीमा घाँटीमा सल कसेको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा दुधौली नगरपालिका १३ का अन्दाजी ३१ वर्षीय सूर्य बहादुर कामी९सुरज० र सोहि ठाउँका अन्दाजी २० वर्षीय टंक बहादुर कामी९ निरन०लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार कार्कीको शव परीक्षण प्रतिवेदनमा“घाँटी थिचेर”मृत्यु भएको पाईएपछि दुधौली नगरपालिका १३ का अन्दाजी २९ वर्षीय बुद्ध बहादुर कामी र दुधौली नगरपालिका १२ का २१ वर्षीय अचुडामणी कामी९अर्जुन० र पर्साको सखुवा प्रसौनी गाउँपालिका ५ का अन्दाजी २६ वर्षीय धर्म राज रामलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान तथा सोधपुछ गरिएको थियो । 
मानवीय सूचना र प्राविधिक विश्लेषण पश्चात दुधौली नगरपालिका १३ का सूर्य बहादुर कामी९सुरज०लाई दाङको लमही नगरपालिका ५ बसपार्कबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याईएको सिन्धुली प्रहरीले जनाएको छ।प्रहरीको अनुसन्धानका क्रममा सूर्यले ४० वर्षीया कार्कीको हत्या गरेको स्वीकार गरेका छन् । भने अर्का दुधौली नगरपालिका १३ का टंक बहादुर कामीलाई दुधौली नगरपालिका ९ बाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार