सन् २०२३ को हज यात्राका लागि सर्लाहीबाट ४१ जनाको आवेदन

842 Shares

शंखर पहाडी(गौरब)
सन् २०२३ को हज यात्राका लागि सर्लाहीबाट ४१ जनाले आवेदन दिएका छन् । नेपाल हज समितिले गएको फागुन ४ गते सूचना निकाली साउदी अरबमा हज गर्न जान इच्छुक इस्लाम धर्मावलम्वीका लागि चैत ४ गते सम्मको म्याद दिएर आवेदन भर्न आब्हान गरेको थियो । 
एक महिनाको अवधिमा हज यात्राका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ४१ जनाको आवेदन परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार हज यात्रामा जान इच्छुकको कार्यालय आफैले आवेदन भरिदिएको हो ।
नेपालबाट हज यात्राका लागि यो वर्ष एक हजार दुई सय जनाको कोटा निर्धारण भई आएकोमा सर्लाहीबाट भने ४१ जनाको आवेदन परेको हो ।

सम्बन्धित समाचार