शनिबार दिनभर सर्लाहीमा विद्युत सेवा अवरुद्ध,अन्धकार साँझ

411 Shares

सर्लाहीका विभिन्न स्थानहरुमा शनिबार दिनभर विद्युत सेवा अवरुद्ध हुँदा विद्युतिय माध्यमबाट सञ्चालन हुने काम प्रभावित भएका छन्।धनुषाको ढल्केबरबाट ल्याइएको १३३ केभीको प्रशारण लाइनमा समस्या आएका कारण शनिबार दिनभर जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको ढल्केबर ग्रिड महाशाखाका प्रमुख बिनोद लोहनीले जानकारी दिए ।
उनका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित सवस्टेशनमा करिब दुई किलोमिटर हाइटेन्सन लाइनको तार चुँढिएर झरेकाले बिजुली अवरुद्ध भएको हो।शनिबार दिनभरी प्राविधिकहरु लागि परेर तार तान्ने काम गरेपछिशनिबार साँझबाट मात्रै विद्युत सेवा सुचारु भएको थियो ।
लालबन्दी,बरहथवा र मलंगवा तीनवटै वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा शनिबार दिनभर विद्युत सेवा अवरुद्ध भएको हो ।शनिबार बिहानैदेखि विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् भने शनिबार साँझ स्थानीय अन्धकारमा बस्न बाध्य भएका थिए ।पछिल्लो समय विभिन्न वाहना बाजीका कारण जिल्लामा विद्युत सेवा समय समयमा अवरुद्ध हुने गरेको छ ।

सम्बन्धित समाचार