ईश्वरपुरमा तीन दिने पुर्ण सरसफाइ सम्बन्धि तालिम सुरु

1.5k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको ईश्वरपुरमा पुर्ण सरसफाइ सम्बन्धि तीन दिने तालिम सुरु भएको छ ।  ईसेलामिक रिलिफ नेपालकाे सहयाेगमा बागमती सेवा समाज हरिवनकाे आयाेजनामा पुर्ण सरसफाइ सम्बन्धि तीन दिने तालिम बुधबारबाट सुरु भएको ईस्लामिक रिलिफ नेपालकाे उत्थानशील समुदायकाे निर्माण परियाेजनाका परियाेजना प्रमुख चिरिन्जीवि महताेले जानकारी दिनुभयाे ।
उहाँका अनुसार ईश्वरपुर नगरपालिका भित्र रहेका शिक्षक,स्वास्थ्यकर्मी,महिला स्वयमसेवीकाहरु तथा समाजिक अगुवाहरुकाे सहभागीतामा पुर्ण सरसफाइ सम्बन्धि तालिम सुरु भएको हाे ।
खानेपानी लगायत घरायसी र व्यक्तिगत सरसफाइ,सकारात्मक साेच लगायतका विषयमा तालिम सञ्चालन  हुने बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार