एसीसी यू–१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराउँदै दोस्रो जित निकालेको हो। बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । निकै खराब शुरुवात गरेको नेपाललाई कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले सम्हाले र जितसम्म पुर्याएका हुन ।
एक समय २ ओभर ३ बलमा १० रन बनाउँदा तीन विकेट गुमाएर नेपाल संकटमा फसेको थियो । तर चौथो विकेटका लागि कप्तान देव र अर्जुनले ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई सानदार जित दिलाएका हुन ।अर्जुन र देव दुवैले समान नटआउट ३२ रन बनाए ।३१ बलको सामना गरेका अर्जुनले ५ चौका हाने।कप्तान देव खनालले २७ बलमा ४ चौका र १ छक्का हान्दै ३२ रन जोडे ।
त्यसअघि मलेसियाको क्वालाम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ दशमलव ५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो। बहराइनलाई कम स्कोरमा रोक्न घातक बलिङ गरेका दिपेश कडेँल एक्लैले ६ विकेट लिए। ९दशमलव ५ ओभर बलिङ गरेका दिपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए। दुर्गेसले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए।बहराइनका ब्याटरहरु नेपालका बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्।एक समय १० दशमलव ५ ओभरमा १७ चौकाको अवस्थामा रहेको बहराइनका लागि पाचौँ विकेटका लागि मुहम्मद बसिल अअब्दुल हाकीम र अविनभ गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङस् उकासेका थिए। मुहम्मदले सर्वाधिक ३४ रन बनाए। समूह चरणको अन्तिम खेलमा नेपालले कार्तिक २ गते साउदी अरेबियासँग खेल्ने तालिका छ।