सर्लाहीका तीन मध्य इन्दुशंकर र महालक्ष्मी सञ्चालन,अन्नपूर्ण अन्यौलमा

203 Shares

सर्लाहीका तीन वटा मध्य दुईवटा चिनी उद्योग सञ्चालनमा आएका छन्।सर्लाहीको हरिवन स्थित इन्दुशंकर चिनी उद्योग र बगदह स्थित महालक्ष्मी चिनी उद्योग सञ्चालनमा आएका हुन् ।
इन्दुशंकर चिनी उद्योगसँग दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएको बेग्ला बेग्लै दुईवटा मिल रहेका भएपनि अहिले ३५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएको मिल सञ्चालनमा ल्याईएको इन्दुशंकर चिनी उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए।उनका अनुसार केही दिनपछि १५ हजार क्विन्टल उखु क्रसिङ गर्न सुरु गरिएको हो ।इन्दुशंकर चिनी उद्योगले यो वर्ष चैतसम्म मिल सञ्चालन गरेर ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए ।
यस्तै महालक्ष्मी चिनी उद्योग बगदहले भने दुई दिनपहिलै उखु क्रसिङ सुरु गरि सकेको छ ।दैनिक २० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको महालक्ष्मीले यो वर्ष २० लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका प्रशासकीय प्रमुख शिवशंकर महतोले बताए ।
त्यस्तै अन्नपूर्ण चिनी उद्योग धनकौल भने सञ्चालन हुने बाँकी रहेको छ ।पुस १५ गतेदेखि मिल सञ्चालन गर्ने गरी तयारीमा जुटेको  उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले बताए।उक्त उद्योगले उखु  किसानहरुलाई अघिल्ला वर्षहरुमा खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको छ ।

सम्बन्धित समाचार