सर्लाहीको धनकौलका बाढी तथा डुवान प्रभावित परिवारलाई आर्थिक तथा अन्य राहत वितरण

420 Shares

सर्लाहीको धनकौल गाउँपालिकाका बाढी पीडित एक सय ४० परिवारलाई राहत वितरण गरिएको छ । असोज ११ र १२ गतेको भिषण वर्षापछि आएको बाढी तथा डुवानका कारण समस्यामा परेका धनकौल गाउँपालिकाका बाढी पीडित एक सय ४० परिवारलाई सरसफाईका सामानहरुका साथै कपडा वितरण गरिएको नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए।  
उनका अनुसार सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा(क)का प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा भएको राहत वितरण कार्यक्रममा धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साह,एएफसीका देशीय निर्देशक डा.ओजस्वी आचार्य, एनट्यागका कार्यकारी निर्देशक दिपक थापाका साथै धनकौल गाउँपालिकाका विभिन्न जनप्रतिनिधिहरुका साथै जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका प्रतिनिधिहरुको रोहबरमा राहत वितरण गरिएको हो ।
त्यसैगरी बागमती सेवा समाज नेपाल हरिवनले पनि सो क्षेत्रका बाढी डुवान पीडितहरुका परिवारलाई आर्थिक सहयोग गरेको छ । स्थानीय तहहरुको तथ्यांकका आधारमा बाढी डुवान पीडितहरुको परिवारमा पाँच सदस्य रहेकालाई रु १५ हजारका दरले र पाँच सदस्य भन्दा बढी सदस्य रहेका परिवारलाई रु २० हजारका दरले आथिैक सहयोग गरेको बागमती सेवा समाज नेपाल हरिवनका कार्यकारी निर्देशक सुनिल साहले जानकारी दिए ।
युकेएड तथा स्टार्ट फन्ड नेपालको सहयोग,एक्सन अगेन्स्ट हङर,एनट्याग र बागमती सेवा समाज नेपाल हरिवनको सहकार्यमा बाढी तथा डुवान प्रभावितहरुका लागि विपद् सहायता कार्यक्रम अन्तर्गत बागमती सेवा समाज नेपाल हरिवनले सर्लाहीकोधनकौल गाउँपालिका सहित सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका र रौतहटको राजदेवी नगरपालिकाका करिब तीन सय बाढी तथा डुवान प्रभावित घर परिवार,आवस नष्ट भएका वा खाद्यान्न,अन्नबाली तथा जग्गा जमिन,व्यापार÷व्यवसाय समेतमा हानी नोक्सानी भइ तत्काल जीविकोपार्जनका लागि खाद्यान्न समेत नभएका वा दुवै अवस्थाका प्रभावित परिवारहरुलाई आर्थिक सहयोग गरिएको बागमती सेवा समाज नेपाल हरिवनका कार्यकारी निर्देशक साहले बताए ।
बाढी तथा डुवान प्रभावित परिवाले आर्थिक तथा अन्य राहत सहयोग पाएपछि खुसी व्यक्त गरेका छन् ।सर्लाहीको बागमती,बरहथवा,गौडैता र बलरा नगरपालिकाका साथै धनकौल,बसबरिया,रामनगर र कौडेना गाउँपालिका बाढी तथा डुवान प्रभावित स्थानीय तहहरु भएपनि बागमती र बलरा नगरपालिका बाढी तथा डुवान प्रभावित (विपदु प्रभावित) स्थानीयतहहरुको सूचिमा समावेश भएका छन् ।

सम्बन्धित समाचार