बुधबार साँझदेखि झरी पर्न सुरु भएको सर्लाहीमा शनिबार बिहानैदेखि घाम लागेर मौसम छर्लङ्ग भइ उघ्रिएको हो।तीन दिन पानी परेर मौसम सफा हुँदा रमणीय वातावरण देखिएको छ।भने सर्लाही र रौतहटको सीमा स्थित भएर वग्ने बागमती नदमिा पनि पानीको बहाव घटेको छ ।पानी पर्न रोकिएसँगै जनजीवन सहज भएको छ भने बागमती नदीमा पानीको बहाव बढेपनि चिन्तित देखिएका सर्लाही तथा रौतहटबासीहरुमा चिन्ता घट्दै गएको छ।तीन दिनपछि बिहानैदेखि घाम लाग्दा स्थानीय घरासयी कामका साथै अन्य सरसफाईको काममा व्यस्त देखिन्छन् ।
मौसममा सुधार आएर पानी पर्न कम भएसँगै बागमती नदीमा बाढी घट्न थालेको जल तथा मौसम विज्ञान विभागको पधेरा दोभान जलमापन केन्द्रमा कार्यरत जलमापन सहायक राजु पाटा मगरले जानकारी दिए।उनका अनुसार शनिबार बिहान बागमतीमा पानीको सतह ३ दशमलव ६५ मिटर मापन भएको छ।यसअघि शुक्रबार बेलुका ५ बजेको मापनमा बागमतीको जलसतह ४ दशमलव ६० मिटर पुगेको थियो।बागमतीमा जलसतह छ मिटर पुगे खतरा मानिन्छ।
भारी वर्षाको पूर्वानुमानपछि शुक्रबार बागमती नदीस्थित बागमती ड्यामका सम्पूर्ण ३६ वटै ढोका निरन्तर रुपमा खोलिएको बागमती सिँचाई आयोजनाका इन्जिनियर नौतम पोखरेलले बताए।उनका अनुसार सर्लाही तथा रौतहट दुवैतर्फको नहरका ढोका बन्द गरेर खोलाका ड्यामका सबै ढोका खोलिएको छ ।बागमतीसहित सर्लाहीमा लखन्देही,बाँके,फूलजोर,कालिन्जोरलगायतका खोलामा सामान्य बाढी आइरहेको र सर्लाहीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा अधिकारीहरुले जिल्लाभरको अवस्था स्थलगत गरेका छन् ।