Close This

सर्लाहीमा जंगली हात्ती आतंक,स्थानीय त्रसीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-४ गते   ६७ पटक हेरिएको

सर्लाहीमा जंगली हात्ती बस्तीमा छिरेर आतंक मच्याएको छ । चार दिनदेखि जिल्लाको बागमतीको शंकरपुर र राजघाट जंगल छेउछाउका बस्तीमा जंगली हात्तीले आत.क मच्याएको छ । हात्तीले बस्ती पसेर स्थानीयको घर भत्काउने, घरमा राखेको अन्न र खेतबारीमा लगाइएको बालीनाली नष्ट गरेको स्थानियले बताएका छ ।
यसै क्रममा बुधवार तीनवटा जंगली हात्तीले बागमती नगरपालिका १० नयाँबस्तीमा एउटा घर भत्काएका छन्। हात्तीले स्थानीय राजकिशोर मुखियाको घरको बेराघेरा भत्काएका हुन्। हात्तीले घरभित्र राखेको धान, चामल, दाल गहुँ लगायतका अन्न खाइदिएका उनले बताएका छन्। हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका स्थानियले बताएका छन्।
यस्तै बागमती नगरपालिका ५ राजघाट पुरानो सोल्टीका रामु कार्कीको १० बिघा र मोहन कार्कीको २० बिघामा लगाएको केरा खेतीमा पनि हात्तीले क्षति पु¥याएको छ । हात्तीले दुवैजनाको करिब एक÷एक लाख बराबरको केराखेतीमा क्षेती पुर्याएको  कार्कीले बताएका  छन्। उनले सम्बन्धित निकायसंग हात्ती नियन्त्रणका लागि पहल गर्न माग समेत गरेका छन् ।
गाउँमा अचानक जंगली हात्ती देखा परेपछि स्थानीय बासिन्दा त्रसित भएका बागमती नगरपालिका १० का वडाध्यक्ष शेष जुबेरले बताएका छन्। सर्लाहीमा महिनौंदेखि जारी हात्तीआतंक नरोकिँदा सर्लाहीको ईश्वरपुुर, लालबन्दी, हरिवन, बागमती नगरपालिकाको वनक्षेत्र छेउछाउ घर भएका स्थानीय त्रासीत भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech