सर्लाहीको ईश्वरपुरमा जारी प्रदेश स्तरीय तेस्रो टि २० मेयर कप क्रिकेट प्रतियोगिताको तेस्रो दिनको खेलमा जिल्लाकै दुईवटा टिम विजयी भएका छन् । आज(मंगलबार) जिल्लाकोे बरकुर्वा र हरिपुर्वा तथा चक्रघट्टा र डुमरिया टिम बिच खेल भएको थियो ।
मंगलबार(आज)भएको पहिलो खेलमा हरिपुर्वाको टिमलाई ४ विकेटले हराउँदै बरकुर्वा टिम विजयी भएको आयोजकले जनाएको छ । बरकुर्वा टिमका मन अफ द मच अरुण साहलाई घोषणा गरिएको छ । उनी २७ रन र ४ विकेट लिएर म्यान अफ द म्याच बनेका हुन ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा डुमरियाको टिमलाई ५ विकेटले हराउँदै चक्रघट्टाको टिम विजयी भएको छ ।चक्रघट्टा टिमका खेलाडीलाई म्यान अफ द म्याच घोषणा गरिएको आयोजक ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष अफताब आलम मिकरानीले जानकारी दिनु भयो ।
ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न २ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नगरका विभिन्न व्यापारी,व्यवसायी तथा उद्योगीहरुले पनि सहयोग गरेका छन् । प्रतियोगिताको विजेता टिमले रु १ लाख र उपविजेता टिमले रु ५१ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोकजले जनाएको छ । भोली(बुधबार)आयोजक टिम बयलबास र बरगिनिया तथा आयोजक टिम(बयलबास) र लालबन्दीको टिम बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।