सिन्धुलीमा कोरोना संक्रमणबाट एक बृद्ध महिलाको ज्यान गयो 

3.4k Shares

सिन्धुलीमाा पहिलो पटक कोरोना संक्रमणबाट एक बृद्ध महिलाको ज्यान गएको छ । जिल्ला अस्पताल सिन्धुलीमा उपचार गराई रहनु भएकी कमलामाई नगरपालिका–६ पानिट्याङ्गकी ८४ बर्षिया विष्णुमाया बिश्वकर्माको गए राती मुत्यृ भएको अस्पतालका ब्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनु भयो । 
उहाका अनुसार बिश्वकर्मालाई उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या देखिए पछि धुलिखेल अस्पताल उपचारको लागि लगिएको थियो । उक्त अस्पतालले पिसिआर परिक्षणका लागि स्वाब लिएर बिरामीको उपचार संभव नहुने भनि घर फिर्ता गरेको थियो । 
शनिवार राती विश्कर्मालाई जिल्ला अस्पताल सिन्धुली ल्याई पुन उपचार सुरु गएिको थियो । बृद्धाको पिसिआर परिक्षणको रिपोर्ट आइतबार साँझ ६ बजे पोजेटिभ आएकोे र लगत्तै राती ज्यान गएको अस्पताल स्रोतले बताएको छ । मृतक महिलाको शब सदरमुकामस्थित बद्र्धबहादुर गणका नेपाली सेनाको टोलीले कमलामाई नगरपालिका–७ गड्यौली खोलामा व्यवस्थापन गरेको छ । उर्मिला भट्टराई

सम्बन्धित समाचार