ईप्रका हरिवनद्धारा ६ थान चोरी भएका मोटरसाईकल फेला पारी सम्बन्धीत धनीलाई हस्तान्तरण

3.1k Shares

सर्लाहीको  इलाका प्रहरी कार्यालय हरिवनले विभिन्न समयमा विभिन्न स्थानबाट हराएका विभिन्न ६ वटा मोटरसाईकल सम्बन्धीत मोटरसाईकल धनीलाई बुझाएको छ । मोटरसाईकल हराएको भनि प्रहरीमा परेका उजुरीको आधारमा खोजतलास गर्दा फेला पारेका ६ वटा मोटरसाईकल ईलाका प्रहरी कार्यालय हरिवनले एक कार्यक्रमको आयोजना गरि सम्बन्धीत मोटरसाईकल धनीलाई बुझाएको हो ।
आज(मङ्गलबार) सम्बन्धित मोटरसाईकल धनीलाई बोलाएर ईलाका प्रहरी कार्यालय हरिवनमा एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाई मार्फत मोटरसाईकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार २२० सीसीको चार थान, २०० सिसीको १ थान र १५० सीसीको एक एक थान गरी ६ थान मोटरसाइकल बरामद गरेर सम्बन्धित धनीलाई बुझाइएको हो । हस्तान्तरण गरिएका सबै मोटरसाईकलहरु बजाज कम्पनीका पल्सर मोटरसाइकल रहेका छन् ।
विभिन्न स्थानमा प्रहरीले नियमित चेकजाँचको क्रममा चालकले छाडेर गएको वा दुर्घटनामा परि प्रहरीको नियन्त्रणमा रहेका मोटरसाइकलहरुमाथी अनुसन्धान गर्दा चोरीका रहेका पाइएपछि सम्बन्धीत मोटरसाईकल धनीलाई बोलाएर हस्तान्तरण गरिएको प्रहरी निरिक्षक गिरीले जानकारी दिनु भयो । उहाँका अनुसार मोटरसाईकल धनी दिपेन्द्र थापा मार्फत २ थान,सुशान्त लामाको १ थान,लवराज देवकोटाको १ थान,कमल यादवको १ थान र रमेश यादवको १ थान मोटरसाईकल हस्तान्तरण गरिएको हो 
मोटरसाईकल हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रसाई, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्यप्रसाद दाहाल, सशस्त्र प्रहरी बल हरिवन बेश क्याम्पसका सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापा लगायत हरिवन नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र अन्य सरोकारावालाको उपस्थिति रहेको थियो । सहभागीहरुले बढ्दो सडक दुर्घटना न्यूनीकरण, लागूऔषधको तस्करी तथा सेवन नियन्त्रण,भारतिय नम्बरका सवारी साधनहरुको प्योगमा कडाई लगायतका विषयमा प्रहरीलाई सुझाव दिएका छन् । 
यसरी चोरी भएका मोटरसाईकल फेला पारी हस्तान्तरण गरेको सर्लाहीमो सन्दर्भमा पहिलोपटक भएको भन्दै आफुहरु खुसी भएका मोटरसाईकल प्राप्त गरेपछि दिपेन्द्र थापाले जबताउनु भयो ।

सम्बन्धित समाचार