अनुदानको मल कालोबजार गर्ने तीन जना माथि मुद्दा दर्ता

212 Shares

नेपाल सरकारबाट अनुदान प्राप्त भएको रासायनिक मल कालोबजारी गर्ने कार्यमा संग्लग्न रहेका तीनजालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार माघ १५ गते सिरहाको मिर्चैया स्थित साल्ट ट्रेडिङ कर्पोरेसन लि.बाट किसानलाई सहज रुपमा बिक्रि गर्न भनी दुर्गा भवानी कृषि सहकारी सस्था लि.कटारीको नाममा दुई सय १६ बोरा रासायनिक मल ल्याईएको भएपनि विचैमा मल अनलोड गरेपछि विवाद सत्तहमा आएको थियो ।
मिर्चैयाबाट दुई सय १६ बोरा रासायनिक मल लोड गरेर आएको स १ ख ८०० नम्बरको ट्रकलाई बीचमा नै अनलोड गरी सिन्धुली दुधौली नगरपालिका ९ का पशुपति महतोको गोदाममा लगेको पाइएपछि प्रहरीले खोजतलास गर्दा उत्त गोदाममा तीन सय १८ बोरा मल बरामद् गरेपछि तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट कालो बजारीमा मुद्दा दर्ता भई अनुसन्धान जारी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका ९ का अन्दाजी वर्ष ४३ का पशुपति महतो, सिराहाको मिर्चैया नगरपालिका २ का अन्दाजी वर्ष २५ का रामकृष्ण पण्डित र उदयपुरको कटारी नगरपालिका ३ का अन्दाजी वर्ष ४९ का लाल प्रसाद बाँस्तोला सहित ट्रकलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार