पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका ९, स्थित सुखेपोखरीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । सोमबार दिउँसो करिब एक बजे चतुुर्भूजेश्वर महादेव मन्दिर सुखेपोखरीमा दर्शन गरेर घर फर्कदै गर्दा ट्रकको ठक्करबाट हरिवन नगरपालिका ११ बोइबोइ चोक बस्ने अन्दाजी वर्ष ५५ की रानीदेवि साह ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी थिईन् ।
गम्भीर घाइते भएकी उनलाई लालबन्दी मोडल अस्पताल प्रा.लिमा प्राथमिक उपचारपछि सोमबार दिउँसो करिब चार बजे हेलिकप्टरमार्फत बी एण्ड बी अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक प्रहरी सरोज राईले जानकारी दिए ।उनका अनुसार महिलालाई पुर्वबाट पश्चीम तर्फ जाँदै गरेको ना ५ ख २७६४ नम्वरको खाली ट्रकले सुखेपोखरी पुलमा ठक्कर दिएको थियो। साहलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।