Close This

नेकपा एकिकृत समाजवादी हरिवन नगर कमिटि अध्यक्षमा वाग्ले चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२५ गते   ५० पटक हेरिएको

नेकपा (एकिकृत समाजवादी) पार्टीले सर्लाहीको हरिवन नगर कमिटि गठन गरेको छ । चूडामणि वाग्लेको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) हरिवन नगर कमिटि गठन भएको हो ।
हरिवन नगरपालिका–९, दनुवारी स्थित प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीको निवासमा शुक्रबार दिउँसो भएको भेलाले वाग्लेको अध्यक्षतामा चार सदस्यीय पदाधिकारी चयन गरेको हो । भेलाले उपाध्यक्षमा कर्ण बहादुर लुंगेली, सचिबमा किशोर मिक्चन र सह–सचिबमा सजनी स्याङ्तानलाई सर्र्वसहमत चयन गरेको नेकपा(एकिकृत समाजवादी) सर्लाहीका नेता भरतकुमार कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार संगठन विस्तार गर्नका लागि तत्काल पदाधिकारीहरु मात्रको नेतृत्व चयन गरिएको र निकट भविष्यमा नगर कमिटीमा पदाधिकारी एवम सदस्यहरु थपीने छन् ।
नेकपा(एकिकृत समाजवादी) हरिवन नगर कमिटिको अध्यक्ष बन्नु भएका वाग्ले स्थानीय निकाय हुनुअघि केही समय नेकपा (एमाले) हरिवन नगर कमिटीको अध्यक्ष समेत रहनु भएको थियो । साविक एमालेको नगर कमिटीलाई नै एकीकृत समाजवादीमा समाहित गरिएको नगर कमिटि अध्यक्ष वाग्लेले जानकारी दिनु भयो ।
एकिकृत समाजवादी पार्टीले भदौ २७ गते आईतबार जिल्ला नेतृत्व चयन गर्न हरिवनमा नै कार्यक्रमको आयोजना समेत गरेको छ । जिल्ला स्तरीय भेलाले जिल्ला नेतृत्व चयन गर्ने तथा अन्य पालिकाहरुमा पनि धमाधम पालिका स्तरीय नेतृत्व चयन गर्ने तयारी गरेको नेकपा(एकिकृत समाजवादी) सर्लाहीले जनाएको छ । 
शुक्रबारको भेलाले जिल्ला भेलामा स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन लगायत कामका लागि युवा संघ नेपालका जिल्ला अध्यक्ष महेश कटुवालको संयोजकत्वमा १ सय १ सदस्यीय समिति गठन, समाजवादी प्रवेश गरेका हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिलाई धन्यवाद प्रकट र प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको स्वास्थ्यलाभको कामना समेत गरेको नगर कमिटि अध्यक्ष वाग्लेले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech