कृषि वन विकास कार्यक्रमले फेरीयो विपन्न किसानको जीवन स्तर

रासस    प्रकाशित: २०७९-१-१२ गते   ४५७६ पटक हेरिएको

कृषि वन विकास कार्यक्रम सञ्चालन स्थालमा काम गर्दै किसानहरु

सर्लाहीको हरिवन नगरपालिका ३,४ र ५ का विपन्न किसानहरु तरकारी उत्पादनमा व्यस्त रहेका छन् । कोभिड १९ पीडित हरिवन नगरपालिका ३,४ र ५ का विपन्न किसानहरु नदी उकास बगरमा तरकारी उत्पादनमा व्यस्त रहेका छन् ।
नदी उकास खेर गईरहेको वनक्षेत्र र बगरका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि किसानहरुलाई तरकारी बेच्न भ्याईनभ्याई भएको हो ।


आफूहरुले तरकारी विक्रीबाट राम्रो उत्पादन गरेको र घरव्यवहार चलाउन सहज भएको हरिवन नगरपालिका ३ मोहनपुरकी तरकारी उत्पादक किसान गंगा कुमारी ब्लोनले बताउनु भयो । उहाँका अनुसार युएनडिपीको सहयोगमा ग्रामीण स्वयमसेवक समाज हरिवनले सुरु गरेको कृषि वन कार्यक्रम मार्फत आफुहरुले तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेको हो । 
मोहनपुर कृषि सामुदायिक वनकी अध्यक्ष समेत रहनु भएकी ब्लोनका अनुसार उहाँहरुको समूहमा ६६ जना विपन्न कृषकहरु रहेका छन् । आफूहरुले खुर्सानी, करेला, लौका,कांक्रा,फर्सि,चिप्ले भिण्डी लगायतका तरकारी उत्पादन गरिरहेको उहाँले बताउनु भयो । कृषि सामुदायिक वन समुह निर्माण गरेर उत्पादन गरेको तरकारी विक्रीबाट भएको आम्दानीको केही रकम आफ्नो समूहमा जम्मा गर्ने गरेको समेत उहाँले बताउनु भयो ।
‘तरकारी बिक्रीबाट आउने केही पैसा हामीले समूहमा जम्मा गर्ने गरेका छौं, त्यो पैसा कहिलेकाही विउविजन, विषादी किन्न पैसा अभाव भएको समयमा समूहका सदस्यहरुले पालैपालो चलाउने गरेका छौं, मोहनपुर कृषि सामुदायिक वनकी अध्यक्ष ब्लोनले बताउनु भयो । उहाँले सामुदायिक वनको खाली पर्ती जग्गा र नदी उकास जग्गामा तरकारी खेती गर्न थालेपछि  आफ्नो घरव्यावहार चलाउन पैसाको अभाव हुन छाडेको छ । ‘पहिले पैसाको मुख देख्न पाईन्नथ्यो, अब त तरकारी विक्रीबाट राम्रो आम्दानी हुन थालेको घर व्यवहार चलाउन पैसाको खाँचो टरेको छ,’ मोहनपुर कृषि सामुदायिक वनकी अध्यक्ष ब्लोनले बताउनु भयो ।
त्यसैगरी  हरिवन नगरपालिका ४ की अजमिरी खातुनले पनि तरकारी खेतीबाट राम्रो आन्दानी भईरहेको बताउनु भयो । समूहकी कोषाध्यक्ष समेत रहनु भएकी उहाँले पनि आफ्नो प्लटमा खर्बुजा, काँक्रा, बोडी,भाण्टा लगायतका तरकारी लगाउनु भएको छ । उहाँले समूहमा मिलेर लगाइएको तरकारीले राम्रो बजार लिएको बताउनु भयो ।


ग्रामीण स्वयम सेवक समाज हरिवनले २५ विघामध्ये झण्डै करिब २० विघामा विभिन्न कृषक समूहहरु बनाई सामुहिक तरकारी खेती सुरु गरेको छ । हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली, पर्ती, ऐलानी, खेर गईरहेका सामुदायिक वन क्षेत्र तथा नदी उकासमा गरिएको कृषि खेतीबाट नगरपालिका ३ का ६६  घरपरिवार, हरिवन नगरपालिका ४ का ४८ घरपरिवार र हरिवन नगरपालिका ५ का ८६ घरपरिवार गरी करिब २ सय विपन्न परिवार प्रत्यक्ष लाभान्वित भएका हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । उहाँका अनुसार कृषि वन कार्यक्रम अन्तर्गत सुरु गरिएको तरकारी खेतीबाट विपन्न परिवारले राम्रो आन्दानी लिन सुरु गरेको छन् ।
‘विपन्न परिवारका किसानहरुले गरेको परिश्रम र बगाएको पसिनाको फल लिन थाले पछि उनिहरुको दैनिकीमा निकै परिवर्तन आएको हरिवन नगरपालिकाकी उप प्रमुख रेणुका पौडेलले बताउनु भयो । उप प्रमुख पौडेलका अनुसार गरे के हुँदैन भन्ने उनीहरुले सावित गरि दिएका छन् ।’ किसानले उत्पादित तरकारी लौका, घिरौला, बोडी, हरियो साग, पर्वल, फर्सी, खर्बुजा, काँक्रो खुर्सानी लगायतका तरकारीबाट राम्रो लाम्दानी दिन थालेको उप प्रमुख पौडेलले बताउनु भयो ।
करिब डेढ वर्ष अघि ग्रामीण स्वयमसेवक समाज हरिवनले युएनडिपीसँग विपन्न नागरिकको क्षेत्रमा काम गर्न सम्झौता गरेर  हरिवन नगरपालिका भित्रका खाली, पर्ती, नदी उकास र खेर गई रहेका सामुदायिक वन क्षेत्रका जग्गा उपलब्ध गराइ सुरु गरेको तरकारी खेती अहिले नमुना बन्दै गएको युइनडिपीका क्षेत्रीय प्रतिनिधि धन बहादुर चन्दले बताउनु  भयो । उहाँका अनुसार नागरिकहरुकै आर्थिक अवस्था उकास्ने उद्धेश्य अनुरुप हरिवन नगरपालिकाले पनि त्यस्ता खेर गई रहेका नगरपालिका भित्रका जग्गा उपलब्ध गराएपछि प्लट बनाएर सुरु गरिएको सो कार्य २५ वर्षे सम्झौता अनुसार  खेती गर्न दिइएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानने बताउनु भयो । उहाँका अनुसार  त्यसपछि ती जमिनहरुमा लगाइएका अन्य विरुवा हुर्केपछि वन समूहलाई नै हस्तान्तरण गरिने छ ।
ग्रामीण स्वयम सेवक समाज हरिवनले विपन्न कृषकहरु छनौट गरी त्यस्ता खाली पर्ती, नदी उकास बगर, सामुदायिक वनका जग्गाहरुमा खनजोत गरेर मलपानीको व्यवास्था गरि तरकारी खेती सुरु गरेको थियो । आफैले मल, विउविजन, विषादीदेखि लिएर खनजोतका लागि आवश्यक स्रोतसाधन नै उपलब्ध गराएर किसानहरुले उत्पादन भएको तरकारी अहिलेदेशका २० भन्दा बढी बजारहरुमा पुग्ने गरेको छ ।
‘किसानलाई आवश्यक पर्ने मल, विउविजन, विषादी, सिचाईका लागि आवश्यक पर्ने बोर्डिङ्ग समेत युएनडिपीले नै उपलब्ध गराएको कृषि प्राविधिक सुरज खनालले बताउनु भयो । उहाँका अनुसार ‘हरिवन नगरपालिकाले ४ फेजको विद्युत लाईन उपलब्ध गराएको छ । किसानले प्लट प्लटमै कृषि मिटर समेत जडान गरिसकेका छन् ।’ ‘अहिले तपाई त्यस क्षेत्रमा जानु भयो भने अच्चम्भित हुनु हुन्छ । पहिले कस्तो थियो अहिलेको अवस्थामा कस्तो छ । किसानहरुले धेरै मेहनत गरेका छन् ।’ कृषि प्राविधिक खनालले बताउनु भयो ।
नगरपालिका क्षेत्रभित्र खेर गई रहेको जमीनको सदुपयोग हुने र विपन्न नागरिकको आर्थिक अवस्था समेत उक्सिने भएपछि आफूहरुले युएनडिपी र ग्रामीण स्वयमसेवक समाजलाई खाली पर्ती जग्गा उपलब्ध गराएको हरिवन नगरपालिकाको कृषि शाखाले जनाएको छ । तीन वटा वडाबाट सुरु गरिएको कृषि वन कार्यक्रम अन्य वडामा पनि विस्तार गर्न सके त्यसले नागरिकको आर्थिक स्तर माथि उठ्नुका साथै हरियाली प्रवद्र्धन र वातावारण संरक्षणमा समेत टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।
विपन्न वर्गको आर्थिक अवस्था उकास्नु र उनीहरुको जीवीकोपार्जनमा टेवा पु¥याउनु नै संस्थाको उदेश्य रहेको युएनडिपी  नेपालका सहायक आवासीय प्रतिनिधि बिजय प्रसाद सिंहले बताउनुभयो । उहाँका अनुसार आफूहरुको योजनाअनुरुप नगरपालिकाले खेर गई रहेको जमिन उपलब्ध नगराएको भए अहिलेको सफलता प्राप्त हुने थिएन । त्यस्तै किसानहरुले पनि धेरै मेहनत गरेका कारण उनीहरुको जीवनशैली नै फेरिएको युएनडिपी  नेपालका सहायक आवासीय प्रतिनिधि सिंहले बताउनुभयो ।
विपन्न किसानले आफूहरुको आर्थिक अवस्था उकास्न कृषि वन विकास कार्यक्रम लागू गरेर राम्रो काम गरेको ग्रामीण स्वयमसेवक समाज हरिवनका अध्यक्ष दधिराम पौडेलले बताउनु भयो ।उहाँका अनुसार किसानहरुले अझै मेहनत गरे अरु सहयोग गर्न समेत दातृ निकाय तयार रहेको बताउनु भयो । 
लखनदेही नदी किनारमा रहेको नदी उकास तथा हरिवन नगरपालिका ३,४ र ५ मा खेर गईरहेको खाली, पर्ती जमिनमा सुरु गरिएको तरकारी खेतीबाट विपन्न किसानहरुले राम्रो आम्दानी लिई रहेका ’ कृषि प्राविधिक खनालले बताउनु भयो । उहाँका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)का कारण रोजगारी गुमाएका विपन्न नागरिकको आर्थिक अवस्था उकास्ने उदेश्यका साथ युएनडिपीको सहयोगमा ग्रामीण स्वयमसेवक समाज हरिवनले सुरु गरेको कृषि वन विकास कार्यक्रम सफल बन्दै गएको छ भने तरकारी उत्पादनबाट किसानहरु लाभान्वित भएका छन् । स्रोत रासस

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech