नेपाल तामाङ्ग घेदुङ सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई स्वागत तथा अभिनन्दन गरेको छ । भरखरै मात्र सरुवा भइ सर्लाही आउनु भएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गलाई नेपाल तामाङ्ग घेदुङ जिल्ला कार्य समिति सर्लाहीले स्वागत तथा अभिनन्दन गरेको हो ।
लालबन्दी नगरपालिका ६ मा रहेको गोर्खा होटलमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी तामाङ्गलाई स्वागत तथा अभिनन्दन गरेको नेपाल तामाङ्ग घेदुङ लालबन्दी नगर कमिटिका अध्यक्ष बुद्ध लामाले जानकारी दिनु भयो ।
नेपाल तामाङ्ग घेदुङ जिल्ला कार्य समति सर्लाहीका अध्यक्ष हिराकाजी योञ्जनको अध्यक्षतामा भएको स्वागत तथा अभिनन्दन कार्यक्रममा सहभागीहरुले पहुच नभएका निमुखा तथा गरीबहरुलाई पनि सहज तरिकाबाट सेवा प्रवाह हुनेमा आफुहरु विश्वस्त रहेको बताएका नेपाल तामाङ्ग घेदुङका राजु योञ्जनले बताउनु भयो ।
भोजपुर घर भएका प्रमुख जिल्ला अधिकारी तामाङ्गको तराई क्षेत्रको पहिलो कार्यकाल भएका कारण आफुहरुले गर्न सक्ने सहयोग गर्न तयार रहेको नेपाल तामाङ्ग घेदुङ जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष योञ्जनले बताउनु भयो । साथै पहिलाको तुलनामा निमुखा तथा गरीब र पहुच नभएकाहरुले पनि जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवा सुविधामा थप सहज रुपमा सेवा पाउनेमा आफुहरु ठुक्क भएको नेपाल तामाङ्ग घेदुङ जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।
कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ जिल्ला कार्य समिति सर्लाही,नेपाल तामाङ्ग घेदुङ प्रदेश २ प्रदेश कमिटिका पदाधिकारीहरुका साथै नेपाल तामाङ्ग घेदुङसंग जोडिएका विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।साथै प्रजिअ तामांगले कानुनी अधिकारको प्रयोग गरि सकेको सहयोग गर्ने बताउनु भयो ।