सर्लाहीको बरहथवामा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बरहथवा नगरपालिका–११ दियर टोल नजिक नहरको बाटोमा शनिबार राती करिब ८ बजेको समयमा मोटरसाईकलको ठक्करबाट एक बालको मृत्यु भएको र तीन जना घाईते भएका सर्लाही प्रहरीले जनाएको छ ।
ना ५२ प ५६५१ नम्बरको मोटरसाईकलको ठक्करबाट बरहथवा नगरपालिका–११ निवासी रामप्रवेश मुखियाका अन्दाजी १२ वर्षिय छोरा जुगल मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले जानकारी दिनुभयोे ।
मोटरसाईकलको ठक्करबाट बरहथवा नपा–११ निवासी श्रमण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतो घाईते भएका छन । घाईतेहरुको बरहथवाको सन्जीवनी अस्पतालमा उपचार भईरहेको बरहथवा नगरपालिका–११ का वडा अध्यक्ष राम विश्वास मुखियाले जानकारी दिनुभयो ।
ठक्कर दिने मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको छ । चालकको खोजी कार्य भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।