सिन्धुलीका ४५ मध्य २८ वटा कार्यालयले गरेनन् स्वत : प्रकाशन

137 Shares

सिन्धुलीका ४५ वटा कार्यालयहरु मध्य २८ वटा कार्यालयले पहिलो त्रैमासिक स्वतः  प्रकाशन नगरेका पाइएको छ।२२ वटा संघीय,१४ वटा प्रादेशिक कार्यालयहरुका साथै नौ वटा स्थानीय तहहरु गरी ४५ वटा  कार्यालय सिन्धुलीका १७ वटा कार्यालयहरुले मात्रै स्वत : प्रकाशन गरेका पाइएको छ ।
२२ वटा संघीय कार्यालयहरु मध्य १० वटाले,१४ वटा प्रादेशिक कार्यालयहरु मध्य चार वटाले र नौ वटा स्थानीय तहहरु मध्य तीन वटा स्थानीय तहहरुले मात्रै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आफ्नो कार्यालयले गरेको गतिविधि सार्वजनिक गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीले जनाएको छ ।
ईकाइका अनुसार जिल्ला समन्वय समिति सिन्धुली,जिल्ला प्रशासन कार्यालय सिन्धुली,भूमि प्रशासन कार्यालय सिन्धुली,जिल्ला हुलाक कार्यालय सिन्धुली,शिक्षा विकास तथा समन्वय इकाई सिन्धुली,राष्टिूय कृषि आधुनिकीरण कार्यक्रम,कार्यान्वय इकाई सिन्धुली,नापी कार्यालय सिन्धुली,सडक डिभिजन कार्यालय खुर्काेट,कारागार कार्यालय सिन्धुली र नयाँ शहर आयोजना कार्यालय सिन्धुली गरी १० वटा संघीय कार्यालयहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतः  प्रकाशन गरेका हुन ।
यसका साथै १४ वटा प्रादेशिक कार्यालयहरुमा डिभिजन वन कार्यालय सिन्धुली,पशु सेवा कार्यालय सिन्धुली,पुर्वाधार विकास कार्यालय सिन्धुली र बागवानी विकास केन्द्र सिन्धुली गरी चार वटा प्रादेशिक कार्यालयहरुले मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतः प्रकाशन गरेका इकाईले जनाएको छ 
त्यसैगरी,तीनपाटन र घ्याङ्लेख गाउँपािलका तथा कमलामाई नगरपालिका गरी तीन वटा स्थानीय तहले मात्रै चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वत ः प्रकाशन गरेका हुन । यसका साथै जिल्लाका न्यायिक तथा सुरक्षासंग सम्बन्धीत कार्यालयहरुले समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासिक स्वतः प्रकाशन नगरेका पाइएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम सबै सार्वजनिक निकायहरुले प्रत्येक तीन÷तीन महिनामा अद्यावधिक गरी स्वतः प्रकाशन गर्नु पर्ने प्रावधान भएपनि सिन्धुलीका अधिकांश कार्यालयहरुले राज्यको नीतिलाई अटेर गरेका पाइएको हो ।
स्वतःप्रकाशन मार्फत सबै सार्वजनिक निकायहरुले गरेका गतिविधिहरु नागरिकहरुलाई सहजै बुझ्ने गरी प्रकाशन वा सार्वजनिक गर्नु पर्नेमा सिन्धुलीका संघीय कार्यालयहरुदेखि स्थानीय तहहरु सम्म नागरिकलाई सूचना दिने भन्दा सूचना लुकाउने कार्यमा उद्धत देखिएका छन् ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ अनुसार आर्थिक वर्ष सुरु भएको रहेक तीन महिनामा हरेक नागरिकलाई सूचना उपलब्ध गराउने र कार्यालयको गतिविधिहरु सार्वजनिक गर्नु पर्ने प्रावधान अन्र्तगत स्वतःप्रकाशन गर्नु पर्ने भएपनि सिन्धुलीका ४५ मध्य २८ वटा कार्यालयहरुले सो कार्यलाई वेवास्था गरेका छन् ।“जान्नेलाई छान्ने,सुशासनको हुँकार”लिएर गठन भएको वर्तमान सरकारले सुशासनको हुँकार गरी रहेपनि सोही सरकार अन्र्तगत रहेका १२ वटा संघीय कार्यालयहरुले आफ्ना गतिविधिहरु लुकाउँदा सुशासनको हुँकार केवल नारामा मात्रै सीमित रहेको महसुस हुन थालेको स्थानीय जानकारहरु बताउँछन् ।
कमलामाई मिडिया प्रा.लिले हरेक  त्रैमासिकमा कुन कुन कार्यालयहरुले सूचना हक कार्यन्वयन सम्बन्धी मापदण्ड,नीति,नियम तथा निमायवलीको पालना गरेका छन् की छैनन् ? भन्ने विषय समेटेर समाचार जन्य सामाग्रीहरु प्रकाशन प्रसारण गरि राखेको भएपनि सिन्धुलीका ती कार्यालयको ध्यानाकर्षण नभएको पाइएको हो ।

सम्बन्धित समाचार