सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ का वडा अध्यक्ष रविन श्रेष्ठको पहलमा घर छाडेर पोखरा पुगेको हायु परिवार ११ दिनपछि गाउँ फर्किएका छन् । ११ दिन पहिला गाउँ छाडेर हिडेका हायु परिवार गोलान्जोर गाउँपालिका ६ का वडाध्यक्ष श्रेष्ठ कै साथमा घर फर्किएका हुन् ।
आफ्नो घरमा बिरामी भइरहने समस्या भएका कारण गाउँ नै छाडेर हिडेका हायु परिवार गाउँ फर्किएपनि आफने पुरानो घरमा नबस्ने अडानमा रहेका गोलान्जोर गाउँपालिका ६ का वडाध्यक्ष श्रेष्ठले बताए।उनका अनुसार आफ्नो पुरानो घर नजाने अडानमा रहेका हायु परिवारलाई तत्कालका लागि आफ्नो घरमा बस्ने र पछि नयाँ घर बनाइदिने सहमति गरेर गाउँ फर्काइएको हो ।“अब उनीहरू पहिलेको घरमा नजाने अडानमा छन् ।तत्काल मेरै घरमा बस्छन् ।जग्गा खोजेर नयाँ घर बनाइ दिन्छौं, अनि हायु परिवार त्यहाँ सर्छन।”वडा अध्यक्ष श्रेष्ठले बताए ।
सुरुमा घर छोडेका १६ जना र तीन जना आफन्त गरी १९ जनाको परिवार साउन ८ गते राति गाडी चढेर पोखरा पुगेका थिए ।गाउँबाट अचानक हराएका भनिएका हायु परिवार केहिदिनपछि पोखरा पुगेको उनीहरूलाई प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले वडा अध्यक्ष श्रेष्ठ सहित हायु परिवार विदाइ गरेका थिए।वडा अध्यक्ष श्रेष्ठका अनुसार हायु परिवारको साँढे आठ लाख ऋण रहेको र त्यो तिर्न नसकेको समस्या समेत देखिएपछि स्थानीय सहयोगमा उत्त ऋण तिर्न समन्वय गर्ने वडा अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता गोलान्जोर गाउँपालिकाबाट हायु परिवारले प्रतिव्यक्ति मासिक रु चार हजार बुझ्दै आएका गाउँपालिकाका उपा अध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले बताए ।उनका अनुसार हायु परिवार बस्दै आएको पुरानो घर अत्यन्तै दुर्गम क्षेत्रमा रहेको र बिरामी हुँदा औषधी समेत सहजै नपाइने भन्दै त्यहाँ फर्किन नमान्दा वडाध्यक्षकै पहलमा उनीहरू पुनःगाउँ फर्किएका हुन् ।