लालबन्दी १ चौधरी चोरी मुद्धामा र इश्वरपुर १२ का मोक्तान कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागार चलान

362 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ का अन्दाजी २६ वर्षीय सूर्यदीप चौधरी कारागार चलान भएका छन्।मोटरसाइकल चोरी मुद्दामा फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले पक्राउ गरि अदालत पेश गरेको थियो।२०७९ साल मंसिर ३ गते  सर्लाही जिल्ला अदालतबाट मोटरसाइकल चोरी मुद्दामा कैद र जरिवाना तोकिएका चौधरी फरार रहेका थिए ।
चौधरीलाई जिल्ला अदालत मलगंवाले चोरी मुद्दामा २०७९ साल मंसिर ३ गते दुई वर्ष नौ महिना जेल सजाय तोकेको थियो।अदालतबाट कसूर प्रमाणित भएका उनी त्यसयता फरार रहँदै आएका भएपनि प्रहरीले नियन्त्रणमा लिएर अदालत पेश गरेपछि उनलाई कारागार चलान गरिएको सर्लाही जिल्ला अदालतले जनाएको छ ।
त्यसैगरी,इश्वरपुर नगरपालिका १२ का वीर बहादुर मोक्तानलाई पनि सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।लालबन्दी नगरपालिकाकाका १५ का ३८ वर्षीय वीरबहादुर बोम्जन र ४८ वर्षीय वीरबहादुर मोक्तानबीच मंसिर २७ गते कुटाकुट भएको थियो। उक्त झगडामा मोक्तानले प्रहार गरेको ढुंगाले लागेर बोम्जनकी ६५ वर्षीय आमा विष्णुमाया घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो।विष्णुमायाको मृत्युपछि प्रहरीले मोक्तानमाथिको कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो। 

सम्बन्धित समाचार