खाना पकाउने ग्याँस अभावको विषयमा सरोकारवालाहरु विच छलफल

103 Shares

सर्लाहीमा पछिल्लो समय खाना पकाउने एलपी ग्याँसको अभाव भएको भन्दै सरोकारवाला बिच छल भएको छ।दुई सातादेखिखाना पकाउने ग्याँसका अभाव सृजना भएको हल्ला चलेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीको अगुवाइमा ग्याँस बिक्रेता,उद्योग वाणिज्य संघलगायत निकायका प्रतिनिधिहरु बिच छलफल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार छलफलमा ग्याँस उद्योग तथा आयातकर्ताबाट प्राप्त हुने ग्याँसको कोटा पूर्णरुपमा जिल्लाभित्र भित्याइ खुद्रा बिक्रेता तथा आम नागरिकलाई बिना रोकावट सहज र पारदर्शी रुपमा ग्याँस वितरण गर्ने सहमती भएको छ ।

WhatsApp Image 2026-07-31 at 9.24.41 PM.jpeg
ग्याँसको कालाबजारी,अस्वभाविक मुल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिन अनुगमन गर्ने, अनुगमनको क्रममा समस्या देखिए कारवाही गर्ने,खुद्रा बिक्रेता र डिलर समेतले ग्याँसको मुल्य सूची र मौज्दात विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी अनिवार्य रुपमा पसलमा राख्ने,ग्याँस सिलिन्डर लैजाने व्यक्तिको नाम र मोवाइल नम्वर अभिलेख राख्ने लगायतका निर्णय भएका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।जिल्लामा खाना पकाउने ग्याँसको अभाव भएको गुनासोपछि ग्याँस बिक्रेता लगायत अन्य सरोकारवालासँग छलफल गरिएको हो।अहिले प्रत्येक डिलरहरुमा ग्याँस सिलिन्डर आउँदा उपभोक्ताको भीड लाग्ने गरेको छ ।
कतिपय उपभोक्ताले खाली ग्याँस सिलिन्डर लाइनमा लगेर राखेका छन्।बिक्रेताले ग्याँस आएपछि खबर गर्ने भन्दै उपभोक्तालाई कुपन दिएर पठाउने गरेका समेत पाइएको छ ।बजारमा सहज रुपमा खाना पकाउने ग्याँस नपाउँदा विद्यार्थी,भाडा गरेर बस्ने व्यक्ति र कर्मचारीहरु बढी प्रभावित भएका छन्।कम्पनिबाटै पर्याप्त ग्याँस सिलिन्डर सर्लाहीमा नआउँदा ग्याँसको अभाव देखिएको ग्याँस बिक्रेता संघ सर्लाहीका अध्यक्ष लालबाबु महतोले बताए । उनका अनुसार कतिपय उपभोक्ताले तीन÷चारवटा सम्म ग्याँस सिलिन्डर भरेर राख्ने प्रवृत्ति रहेकाले पनि अभाव जस्तो देखिएको हो । 
यता, पेट्रोलियम पदार्थ तथा ग्याँसको मुल्यमा उत्तार चढाव आई रहेका कारण व्यवसायीहरुले ग्याँस लुकाउने तथा कालो बजारी गर्ने गर्दा सर्वसाधारण नागरिकहरु मारमा परेका स्थानीय जानकारहरु बताउँछन्।नेपाल आयल निगमले ग्याँस लगायत पेट्रोलियम पदार्थमा कालो बजारी भए जानकारी गराउन अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार