Close This

मेची महाकाली बुहारी संयुक्त आवाजको सर्लाहीमा औपचारिक जिल्ला शाखा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१५ गते   ३३९ पटक हेरिएको

मेची महाकाली बुहारी संयुक्त आवाजको जिल्ला शाखा सर्लाहीले औपचारिकता पाएको छ । महिला तथा बालबालीकाको क्षेत्रमा काम गर्ने मेची महाकाली बुहारी संयुक्त आवाजको सर्लाही शाखाले औपचारिकता पाएको हो । 
 जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट मान्यता पाएको यस संस्थाले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई धन्यवाद समेत दिएको मेची महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी अध्यक्ष रमा दाहाल काफ्लेले बताउनु भयो ।
कार्यसमिति ९ र साधारण सदस्य गरि १३ जना सदस्य रहेको संस्थाको जिल्ला कमिटिले जिल्लामा सुचिकृत भएपछि काम गर्न थप मद्धत पुगेको महसुस  गरेको जिल्ला सचिव अम्बीका राउतले बताउनु भयो ।
प्रदेश नम्बर २ का सर्लाही,रौतहट र बारा सहित मेची महाकाली बुहारी संयुक्त आवाजको हाल सम्म ४७ जिल्लामा समिति गठन गरेको मेची महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाले जानकारी दिनु भयो । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर आफ्नो सञ्जाल विस्तारको काम गरि रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech