ई.प्र.का.कर्मैयाका प्रमुख सइ यादव असुलीमा व्यस्त,प्र.ना.उ.श्रेष्ठको आश्रय

222 Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरिक्षक(सई) सुभाष यादवले अनावश्यक दुःख दिएका स्थानीयले गुनसो गरेका छन्।करिब एक महिना पहिला ईलाका प्रहरी काार्यलय कर्मैयाको प्रमुखको रुपमा आएका सई यादवले आफुहरुलाई अनावश्यक दुःख दिएका भन्दै स्थानीयले गुनासो गरेका हुन ।
आफुहरुले आफ्नो घर बनाउनका लागि एक ट्याक्टर बालुवा ल्याउँदा समेत रोक्ने र मासिक रुपमा कमिसन माग्ने तथा कमिसन नदिए जिल्ला समन्वय समितिमा पठाउने,आफ्नो घरबाट खसी बाख्रा बजारमा बेच्न ल्याउँदा पनि भेटेरिनरी प्रमाण पत्र तथा फर्मको पत्र वा सिफारिस र स्थानीय तहको सिफारिस माग्ने र कमिसन नदिँदा अनावश्यक दुःख दिने,आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बजारमा बेच्न लैजाँदा क्वारेन्टाईन प्रमाण पत्र खोज्ने तथा कमिसन माग्ने र नदिँदा नियन्त्रणमा लिएर भन्सार पठाउने गरेका समेत स्थानीयको गुनासो छ ।आफ्नो खेतबारीमा उत्पादन भएको दाना बोडी बेच्न लैजाँदा भन्सार छलीको भन्दै नियन्त्रणमा लिएर रु दुई हजार कमिसन मागेकामा आफुहरुले नदिएपछि भन्सार पठाएका समेत स्थानीयको गुनासो छ ।
इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरिक्षक(सई) यादव प्रमुखको रुपमा आएदेखि नै दैनिक मोटरसाईकल चोरीका घटनाहरु बढेका भएपनि त्यता तिर ध्यान नदिई स्थानीय क्रसर व्यवसायीहरुका साथै यातायता(ट्याक्टर) व्यावसायीहरुसंग मासिक रु एक हजार पाँच सय देखि रु दुई हजार सम्म महिनाबारी असुल्न सुरु गरेका यातायात(ट्याक्टर)व्यावसायीहरुले गुनासो गरेका छन्।उनीहरुका अनुसार इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरिक्षक(सई) यादवले मासिक रुपमा प्रति ट्याक्टर रु एक हजार पाँच सय देखि रु दुई हजार सम्म कमिसन वाग्रेनीङ गरेका र सोही अनुसार पहिलै बुझाएको भएपनि बालुवा लिएर आउँदा रोकेर अनावश्यक तनाव दिई जिल्ला समन्वय समितिमा पठाउने गरेका छन् । 
त्यसैगरी,इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरिक्षक(सई) यादवले बागमती क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरहरुलाई कमिसन नदिँदा अनावश्यक दुःख दिने गर्नुका साथै बागमती वालुवा वासिङ्ग प्लान्टसंग मासिक रु १५ हजार कमिसन लिएका समेत पाइएको छ ।
यता,उत्कृष्ट प्रहरी अधिकारीको रुपमा आफु सम्मानीत भएकाले यस प्रकारका कुनै कुराले आफुलाई फरक नपर्ने र आफुले त्यस प्रकारका कुनै कमि कमजोरी नगरेको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख एवम प्रहरी नायव निरिक्षक(सई) यादवले दाबी गरे।उनले आफुलाई बद्नाम गराउन अनावश्यक हल्ला फैलाएको समेत बताए।तर उनी जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको महिला सेलमा कार्यरत रहँदा पनि आफ्ना आसेपासेलाई घुमुवा राखी कमिसन असुलीमा लिप्त भएका प्रहरी कर्मचारीहरु नै बताउँछन् ।
त्यस्तै,सो विषयमा हामीले जिज्ञासा राख्दा उनले जुन पत्रकारले समाचार लेख्छ यसलाई विभिन्न काण्ड बनाएर फसाउने समेत धम्की दिए।सो विषयमा जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठलाई सोध्दा उनले आफुले बुजेर भन्ने बताएपनि सई यादवलाई उनै प्रहरी नायव उपरिक्षक श्रेष्ठले आश्रय दिएका कारण उनको मनोबल बढेको समेत पाइएको छ ।

सम्बन्धित समाचार