एकिकृत समाजवादीको संगठन विस्तार योजना सार्वजनिक

3.3k Shares

नेकपा (एकीकृत समाजवादी) सर्लाही जिल्ला कमिटीले संगठन विस्तारको कामलाई तिब्र रुपमा अगाडि  वढाउन योजना बनाएकोे छ । पार्टीले मंसिर महिना भित्र गर्ने कामको कार्ययोजना तयार पारेर आफ्नो संगठन विस्तारलाई तिव्रगतीमा अगाडी बढाउने योजना बनाएको हो ।
जिल्ला पदाधिकारी र विभागिय प्रमुखको वैठकले कामको योजना वनाएको प्रचार विभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता, जिल्ला ईन्चार्ज रविन्द्र वैठा एवम केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य वेची लुंगेलीको उपस्थितिमा भएको वैठकले विभिन्न जिम्मेवारी तोकेर आफ्नो संगठन विस्तारको कामलाई तिव्रताका साथ अगाडी बढाउने योजना बनाएको हो ।
मंसिर महिना भित्र जिल्ला सदरमुकाम मलंगवामा पार्टी कार्यालय खोल्ने, सचिवालय गठन गरी कामको जिम्मेवारी तोक्ने, जिल्लाका महत्वपुर्ण नगरपालिकामा नगर कमिटी गठन गर्ने, तिन महिने पार्टी केन्द्रिय अभियान सफल पार्ने लगायतका निर्णय भएको गरेको प्रचार विभाग प्रमुख वाग्लेले वताउनुभयो । मलंगवा, वागमती, हरिपुर, इश्वरपुर, कविलासी लगायतका स्थानिय निकायहरुमा कमिटी बन्न बाँकी  रहेको र उक्त स्थानिय निकायहरुमा पार्टी कमिटि निर्माण गरि नगर भेला मंसिर भित्र सम्पन्न गर्ने योजनाका साथ आफुहरु लागि परेको नेकपा(एकिकृत समाजवादी) सर्लाहीका अध्यक्ष लामाले बताउनु भयो ।
एकीकृत समाजवादीले केह िदिन पहिला सर्लाही जिल्ला कमिटि समेत घोषणा गरेको छ । जिल्ला सदरमुकाम मलंगवामा  एक कार्यक्रमको आयोजना गरि अध्यक्ष सुरेन्द्र लामा,  उपाध्याक्ष देवेन्द्र राय एवम अन्जु पौडेल, सचिव गोविन्द अधिकारी र ११ जना उपसचिव रहेको २ सय ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो । उपसचिवहरुमा  बसन्तराज भट्टराई, उत्तर कुमार मैनाली, उद्धब पाठक, नबराज मिश्र, सरस नारायण महतो, धन ब. मिक्चन, बिएन गुप्ता, रेणु काफ्ले, लिला देबि कोइराला, अफजल अली र सनोज दास रहेका नेकपा(एकिकृत समाजवादी) सर्लाहीले जनाएको छ ।
भदौमा नेकपा(एमाले)बाट छुट्टीएर नेकपा (एकीकृत समाजवादी) पार्टी पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेतृत्वमा गठन भएको थियो । सर्लाहीमा पनि गत भदौमा  नै भेला गरि एकिकृत समाजवादीले आफ्ना गतिबिधी सुरु गरेको हो ।

सम्बन्धित समाचार