सिन्धुलीमा अवैध “क्रसर”को विगविगि,तिर्दैनन् कर

292 Shares

 सिन्धुलीका विभिन्न स्थानहरुमा सञ्चालित क्रसर तथा बालुवा उद्योगहरुले करछली गर्ने गरेका पाइएको छ ।जिल्लामा सञ्चालित प्राय सबै क्रसर तथा बालुवा उद्योगहरुले करछली गर्ने गरेका पाइएको हो ।आफ्नो व्यावसाय दर्ता समेत नगरी सञ्चालित क्रसर तथा बालुवा उद्योगहरुले ढुंङ्गा गिट्टी बालुवा उत्खनन् तथा निकासी पैठारी सम्बन्धी मापदण्ड २०७७ को पालना त गरेका छैनन् नै उल्टै कर समेत छलि गरेका महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० प्रतिवेदनमा उल्लेख गरिएको हो ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० प्रतिवेदनमा अवैधानिक रूपमा सञ्चालित क्रसरहरूले  ढुंगा,गिट्टी,बालुवा  उत्खनन गरेको कमलामाई नगरपालिकाको एक क्रसर उद्योगबाट ६३ लाख १६ हजार तीन सय दुई रुपैयाँ   राजश्व  असुल गर्न बाँकी देखाएको छ ।चन्दनपुरको भक्त वासिङ प्लान्टले रु १७ लाख ४५ हजार नौ सय ५२,डाँडी चौराहिमा रहेको सिन्धुली कन्ट्रक्सनले रु ११ लाख ३६ हजार आठ सय आठ र करकरेको सि एस कन्सट्रक्सन एण्ड कङ्क्रिट प्रोडक्सन प्रा.लिले १३ लाख ११ हजार नौ सय १२ रुपैया राजश्व नतिरेका महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० प्रतिवेदनमा उल्लेख गरिएको छ । 
त्यस्तै कमलामाई नगरपालिका र राजश्व  परामर्श समितिले पटक पटक महालेखा परीक्षकले असुल उपर लेखेको राजश्व तिर्न र कम्पनीहरूको आन्तरिक लेखा परीक्षण सहित महत्वपूर्ण कागजपत्र उपलब्ध गराउन ताकेता गरेको भएपनि सञ्चालकहरूले राजनैतिक पहुँचको आडमा क्रसर सञ्चालन गरेको राजश्व परामर्श समितिले जनाएको छ ।नगरपालिका भित्र सञ्चालित क्रसरहरूले लामो समयदेखि नविकरण तथा उत्खनन्को कुनै अनुमति लिएको छैन,तर,करकरेमा बिपी राजमार्गको छेउमा नै स्थापना भएको क्रसर प्रति कसैको ध्यान नपुगेको पाइएको हो ।
बालुवा प्रशोधनको नाममा स्थापना गरिएका उद्योगहरुले गिट्टी उत्पादन गर्ने तथा क्रसर नै चलाउने गरेका भएपनि सरोकारवाला जिल्ला समन्वय समिति सिन्धुली,जिल्ला प्रशासन कार्यालय सिन्धुली,डिभिजन वन कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुली मौन बसेका स्थानीय जानकारहरुको भनाई छ ।

सम्बन्धित समाचार