सर्लाहीका स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि ताकेता गरेका भएपनि सामाजिक सुरक्षा भक्ता नविकरण गर्नेहरुमा चासो नदेखिएको पाइएको छ ।भदौ महिनाभर नवीकरण गर्न नआए सामाजिक सुरक्षा भत्ता नपाइने भएकाले छुट भएका सेवाग्राहीहरुका लागि तत्काल आफ्नो वडा कार्यालयमा गएर नवीकरणको काम सक्न जिल्लाका पालिकाहरुले ताकेता गरेका भएपनि सामाजिक सुरक्षा भक्ता लिन आफ्नो कार्ड नविकरण गर्ने लाभग्राहीहरुले खासै चासो नदेखाएका पाइएको छ ।
११ वटानगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तहहरु रहेको सार्लहीका नगरपालिका तथा गाउँपालिका र वडा कार्यालयले धमाधम सूचना जारी गर्दै तत्काल वडा कार्यालयमा आएर भत्ता नवीकरण गराउन आग्रह गरिरहेका छन् ।जिल्लाका धेरै स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता नवीकरण गराउने लाभग्राहीहरु बाँकी रहेका छन्।ज्येष्ठ नागरिक,एकल महिला,अपाङ्गता भएका तथा बालबालिकाहरु सहित सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरुको ठूलो संख्या नवीकरण गर्न नगएका पाइएको हो ।
जिल्लाका सबै स्थानीय तहहरुले सूचना जारी गरेर चालू आर्थिक वर्षमा नगरपालिका तथा गाउँपालिका भित्र भत्ता प्राप्त गर्ने अधिकांश लाभग्राहीहरुको नवीकरण छुट हुन गएको देखिएकाले नवीकरण गर्ने अवधि केही दिनमात्रै बाँकी रहेको भदौ २५ गतेसम्ममा सम्बन्धीत वडा कार्यालयहरुमा गएर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अनुरोध गर्दै सूचनाहरु जारी गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले भत्ता प्राप्त गर्न प्रत्येक वर्षको साउन र भदौ महिनामा भत्ता नवीकरणको निवेदन पेश गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।जसअनुसार नवीकरण नगर्ने सेवाग्राहीको लगत स्वतःकट्टा हुने र २०८१ श्रावण महिनादेखिको भत्ता रकम भुक्तानी नहुने स्थानीय तहहरुले सूचनामा उल्लेख गरेका छन् ।