Close This

भन्सार छलीका २ ट्रक महोत्तरी प्रहरीको नियन्त्रणमा

पत्र पत्रिका    प्रकाशित: २०७७-४-८ गते   २६२ पटक हेरिएको

ट्राफिक प्रहरी कार्यालय बर्दिबासले भारतीय नम्बर प्लेटका दुई ट्रक नियन्त्रणमा लिएको छ । बुधबार बर्दिबास ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएका २ वट ट्रक नियन्त्रणमा लिएको हो । महाराष्ट्र र मध्यप्रदेश दर्ता रहेका डिप बोरिङ मेसिन जडान गरिएका दुई ट्रक केए ५१ एमएच–३६५५ र एमपी ०९ जीई–९१३१ नियन्त्रणमा लिएको बर्दिबास ट्राफिक प्रहरीले जनाएको छ ।

सो दुई ट्रकले भन्सार छलीका सिँचाई र खानेपानी प्रयोजन डिप बोरिङमा प्रयोग हुने मेसिन र औजार ल्याएका थिए । यसअघि पनि भारतीय नम्बर प्लेटका ट्रकहरुले करोडौंको भन्सार छ लेर नेपाल भित्रिने गरेको भएपनि प्रहरीको कुनै चासो देखाएको श्रोतले बताएको छ ।

भारतीय नम्बर प्लेटका ट्रकले गाडीको मात्रै भन्सार तिरेर करोडौं मेसिन नेपाल ल्याएर काम गर्ने गरेको पनि पाइएको छ । यसले गर्दा सिँचाई र खानेपानी क्षेत्रका लागि मेसिन उपलब्ध गराउँदै आइरहेका नेपालकै कम्पनीहरु मारमा पर्ने गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech