सर्लाहीको लालबन्दी र गोडैतामा साईकल विपतरण

3.9k Shares

जिल्लाको लालबन्दी नगरपालिका ४ हरिभवनको शिशुकल्याण जनता माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्यायनरत २८ जना छात्राहरुलाई साईकल बितरण गरिएको छ । प्रदेश सरकारको बेटि पढाउ, बेटि पचाउ कार्यक्रम अन्तर्गत छात्राहरुलाई साईकल बितरण गरिएको विद्यालयका शिक्षक श्याम खड्काले जानकारी दिनुभयो ।
वडाध्यक्ष सोमनाथ बरालको अध्यक्षता एवम लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको साईकल बितरण कार्यक्रममा प्रधानाध्यापक नरहरि धामी सहित वडासदस्यहरु, शिक्षक, बिद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी सर्लाहीको गोडैता नगरपालिका ५ रामवनमा दशैको शुभकामना आदान प्रदान तथा साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश २ का महिला,बालबालीका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा दशैको शुभकामना आदान प्रदान तथा साईकल वितरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रदेश २ सरकारको बेटी बचाउँ बेटी पढाउँ कार्यक्रम अन्र्तगत प्रदेश सरकारले प्रदेश २ का सबै ८ वटै जिल्लामा रहेका विद्यालयहरुमा अध्यायनरत बालीकाहरुलाई साईकल वितरण गरि रहेको छ । प्रदेश २ को बाल बिबाह,दाईजो प्रथा र बालीकाहरु विद्यालय नजाने समस्यालाई मध्य नजर गर्दै बालीकाहरुलाई विद्यालय सम्म पुर्याउने लक्ष्य लिएको र सोही अनुसार प्रदेशमा साईकल वितरण कार्य जारी रहेको छ ।
गोडैता नगरपालिका ५ रामवनको श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक अधारभुत विद्यालयको कक्षा ८ मा अध्यायनरत २३ जना बालीकाहरुलाई साईकल वितरण गरिएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो ।
दशैको शुभकामना आदान प्रदान तथा साईकल वितरण कार्यक्रममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंह, नेपाली कांग्रेसका प्रदेश नंं २ का प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र यादव, बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतो, बसबरीया गाउँपालिकाका अध्यक्ष रामअयोध्या यादव ,धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह, रामनगर गाउँपालिकाका अध्यक्ष नितु यादव लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार