सर्लाहीको इश्वरपुर बयलवासमा रहेको ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासले ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिका १२, बाँके जंगलस्थित पूर्व–पश्चिम लोकमार्गबाट गाँजासहित त्यसको ओसारपसारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–११, का २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका–८, नेवार टोलका २७ वर्षीय दिलिप कुमार लोप्चन र लालबन्दी नगरपालिका–११, का २१ वर्षीय शंखलाल बल रहेका ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो ।
वुधवार ना ६३ प ६७७ नम्वरको मोटरसाइकलमा पूर्वतर्फ गई रहेको अवस्थामा गाँजा सहित उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेका उनिहरुलाई अहिले ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।