मकवानपुरको हेटौंडामा जारी तेस्रो भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाईनलमा हरिवन

82 Shares

मकवानपुरको हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्प राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा सर्लाहीको हरिवन भेट्रान्स सेमिफाइनल प्रवेश गरेको छ ।मकवानपुरको हेटौंडामा भदौ २४ गतेदेखि सुरु भएको तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको आईतबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बगरभाइ खलक भेट्रान्स पोखरालाई सडन डेथमा हराउँदै सर्लाहीको हरिवन सेमिफाइन प्रवेश गरेको हो ।
निर्धारित समयको खेल १–१ गोेलको बराबरीमा सकिएको थियो।त्यसपछि भएको टाइब्रेकरमा पनि ४–४ गोल भएपछि सडनदेथबाट निर्णय लिइएको आयोजकले जनाएको छ ।“स्वास्थ्यका लागि खेलकुद”भन्ने नारासाथ रोटरी क्लब अफ मकवानपुरको आयोजना र पिप्ले युवा क्लब र रोट¥याक्ट क्लब अफ मकवानपुरको सहआयोजकमा भदौ २४ गतेबाट सुरु भएको प्रतियोगितामा  देशका विभिन्न स्थानबाट १६ क्लबले सहभागिता जनाएका रोटरी क्लब अफ मकवानपुर अध्यक्ष अनिल अग्रवालले जानकारी दिए।उनका अनुसार हेटौंडा उप महानगरपालिका ५ स्थित पिप्ले रंगशालामा भदौ २४ गतेदेखि सुरु भएको प्रतियोगिता भोली(सोमबार) सम्पन्न हुने छ ।  
एक साता सञ्चालन हुने प्रतियोगितामा हेटौंडा भेट्रान्स क्लब,सिमरा भेट्रान्स क्लब,वीरगञ्ज एकाडेमी भेट्रान्स क्लब,निजगढ भेट्रान्स क्लब,पुर्वेली भेट्रान्स क्लब,फ्रिडम फाइटर भेट्रान्स क्लब,अभिषेक चर्च भेट्रान्स क्लब,रोटरी पिप्ले भेट्रान्स,सर्लाहीको हरिवन भेट्रान्स,नागस्वती भेट्रान्स क्लब,नवजागृति भेट्रान्स क्लब,युनिटी भेट्रान्स क्लब,सानो गौचरण नाइटकिङ भेट्रान्स,चितवन भेट्रान्स र पोखरा भेट्रान्स क्लब सहभागी भएका छन् ।
करिब १७ लाखमा सम्पन्न हुने प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख,द्वितीय हुनेलाई रु एक लाख पुरस्कार राशी रहेको छ।भने,सर्वश्रेष्ठ प्रशिक्षकलाई रु १० हजार,सर्वश्रेष्ठ खेलाडीलाई रु पाँच हजार,सर्वश्रेष्ठ किपरलाई रु पाँच हजार, सर्वश्रेष्ठ डिफेन्सलाई रु पाँच हजार,सर्वश्रेष्ठ मिडफिल्डरलाई र पाँच हजार र सर्वश्रेष्ठ फरवार्डलाई पुरस्कार स्वरुपम रु पाँच हजार राशी व्यावस्थापन गरिएको आयोजकले जनाएको छ ।
रोटरी क्लब अफ मकवानपुरको जलन प्राथमिक उपचार केन्द्र(आगोले पोलेकारुको तत्काल उपचार गर्ने)निर्माण अभियानलाई सहयोग होस् भन्ने उद्धेश्यले आर्थिक संकलन गर्न भन्दै धेरै वर्षको अन्तरालमा प्रतियोगिता गर्न लागेको क्लब अध्यक्ष अग्रवालले बताए ।
मुख्य प्रायोजकका रुपमा हेटौंडा उपमहानगरपालिका र सह प्रायोजक हेटौंडा स्कुल अफ मेनेजमेन्ट रहेको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडा,गाउँपालिका र विभिन्न संघ/संस्थाहरुको प्रतियोगितामा सहयोग रहने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका ४० वर्षमाथिका खेलाडीको सहभागिता रहने छ ।

सम्बन्धित समाचार