Close This

प्रेस सेन्टर सिरहाको चौथो जिल्ला अधिवेशन सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-७ गते   २९ पटक हेरिएको

प्रेस सेन्टर नेपाल, सिरहाको चौथो जिल्ला अधिवेशनले आशिष विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ । सिरहाको गोलबजारमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामभरोसी यादव, समावेशी उपाध्यक्ष सन्तोष साह र महिला उपाध्यक्षमा अञ्जली राउत सर्वसम्मत चयन गरेको छ ।
समितिको सचिवमा मुकेश कुमार यादव ‘स्वामी’ सह सचिव रामनारायण ठाकुर, मुकेश यादव र कोषाध्यक्षमा सरोज पासवान चयन भएका छन् । समितिका सदस्यहरूमा सुरेश कुमार राय, अनुभक्त चौधरी, मोहन साह, चन्द्रदिप ठाकुर, समरिका दास चयन भएका छन् । अधिवेशनले देव कुमार यादव, चन्द्रदेव कामती र रामनारायण यादवलाई सल्लाहकार समिति मा चयन गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech