इश्वरपुरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम

311 Shares

सर्लाहीको ईश्वरपुरमा महिला स्वास्थ्य स्वयंसेविकालाई आँखा स्वास्थ्य शिक्षा तालिम सुरु भएको छ।मंगलबार र बुधबार(आज)दुई दिन चल्ने तालिम अन्तर्गत मंगलबार पहिलो दिन इएश्वरपुर नगरपालिका १ देखि ८ सम्म कार्यरत महिला स्वयंसेविकाहरुलाई तालिम प्रदान गरिएको इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोले जानकारी दिए।उनका अनुसार दोस्रो दिन आज इश्वरपुर नगरपालिका ९ देखि १५ सम्मका स्वास्थ्य स्वयंसेविकालाई तालिम प्रदान गरिने छ ।
गाउँघरमा स्वास्थ्यको विषय सुरुमै महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग जोडिने भएकाले घरगाउँमा कार्यरत स्वयंसेविकाहरुलाई आँखा सम्वन्धी रोग र त्यसको उपचारका बारेमा सामान्य ढंगको तालिम प्रदान गरिएको आयोजक ईश्वरपुर आँखा उपचार केन्द्रले जनाएको छ ।केन्द्रकै कार्यालय ईश्वरपुर नगरपालिका ९ गौचरणमा आयोजित तालिममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई रमेश घिमिरे,आयुष सापकोटा र चन्द्रमणि रामले सहजीकरण गर्ने इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्बन्धित समाचार