चन्द्रनरगर ७ मा मा एकदिने नि:शुल्क वृहत् स्वास्थ्य शिविर

297 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका ७ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।चन्द्रनगर गाउँपालिका ७ स्थित नाडिमन ताल परिसरमा चन्द्रनगर गाउँपालिकाको सहयोग तथा श्री मध्य पूर्वी पृतना हेडक्वाटर बर्दिवास,श्री नम्बर ९ बाहिनी अड्डा,श्री भैरवीदल गण पाँचकुमारी ब्यारेक नवलपुरको आयोजना तथा फिल्ड अस्पताल बर्दिवास,लालबन्दी नगर अस्पताल,सर्लाही ईमेजिनङ एण्ड डाईगोनोस्टिक सेन्टर लालबन्दी र सत्यनाम हेल्थ केयर सेन्टर नवलपुरको सहकार्यमा भोली(शनिबार) एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।

उनका अनुसार शनिबार(आज) एक दिने निःशुल्क स्वास्थ्य शिविर चन्द्रनगर गाउँपालिका ७ स्थित नाडिमन ताल परिसरमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन भईरहेकाे हो ।एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा,बाल रोग विशेषज्ञ सेवा,मनोचिकित्सक विशेषज्ञ सेवा,दन्त रोग विशेषज्ञ सेवा,जेनेरल बहिरंग सेवा,भिडियो एक्सरे सेवाका साथै हाड जोर्नि तथा नशा रोग विशेषज्ञ सेवा सहित मनोचिकित्सक विशेषज्ञ सेवा,दन्त रोग विशेषज्ञ सेवा र जेनेरल वहिरंग सेवा प्रदान गरिने चन्द्रनगर गाउँपालिकाको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार