Close This

जबरजस्ती करणी गर्न खोज्ज्नेलाइ प्रहरीले कार्बाही गरेन ः पीडित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२१ गते   २९१ पटक हेरिएको

धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ विरेन्द्र बजारमा गए शुक्रबार जबरजस्ति करणी गर्न खोज्ने यक युवकलाई प्रहरीले कानूनी कार्यवाहि नगरेको भन्दै पिडित पक्षले गुनासो गरेका छन ।
आफु घरमा एक्लै बसिरहेको समयमा छिमेकी युबकले आफुलाई जबरजस्ती करणी गर्न खोजेको र श्रीमान् उक्त समयमा आईपुगे पछि श्रीमानलाई हातपात गरेको समेत पीडित महिलाले बताएकी छन  ।आफुमाथी जबरजस्ती करणीको प्रयोस भएको र  श्रीमान माथी हातपात भएको प्रहरीलाई जानकारी गराउँला पनि प्रहरीले उजुरी दर्ता गर्न नमानेको उनिहरुको आरोप छ । 
तर जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले यो विषय आफुलाई थाहा नभएको र यदी त्यास्तो भएको भए तत्कालै कानूनी कार्बाही गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech