प्रदेश २ का महिला,बालबालीका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह नागरिक अभिनन्दनको सिल्सिलामा जिल्ला दौडाहमा व्यास्त रहनु भएको छ । सर्लाही जिल्ला निर्वाचन क्षेज्ञ नम्बर ४ ( क) बाट निर्वाचित संसाद सिंह करिब एक साता पहिला प्रदेश २ प्रदेश सरकारको महिला,बालबालीका,युवा तथा खेलकुद मन्त्री बन्नु भएको थियो ।
आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचीत सांसद मन्त्री भएपछि क्षेत्रबासी खुसी हुदै मन्त्री सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना भन्दै स्वागत गरेका मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो ।उहाँका अनुसार विगत ३÷४ दिनदेखि आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुसंग निर्वाचनको क्षेत्रको विकास निर्माण,क्षेत्रबासीको आवश्यकता पहिचान लगायतका काममा मन्त्री सिंह व्यास्त रहनु भएको हो ।
सर्लाहीका युवाहरुका ढुकढुकी सर्लाहीबासी नागरिकका आशाका धरोहर,सालीन र भद्र युवा मन्त्री भएपछि जिल्लाबासीमा थप खुसियाली छाएको छ । जिल्ला तथा क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच हुनु भएका सांसद सिंह मन्त्री भएपछि जिल्लाका महिला,बालबालीका र युवाहरुले आफ्ना माग र समस्या समाधन हुने विश्वास गरेका छन् ।