डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाको अध्यक्षतामा १७ सदस्यीय कर्मचारी मिलन केन्द्र सर्लाही गठन गरिएको छ।शनिबार भएको कर्मचारी मिलन केन्द्र सर्लाहीको वनभोज तथा साधारण सभाले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाको अध्यक्षतामा जिल्ला समन्वय समिति सर्लाहीका रामजी बाबु यादव उपाअध्यक्ष,कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवा सर्लाहीका कोष नियन्त्रक रुपेश तिवारी कोषाअध्यक्ष,करदाता सेवा कार्यालय मलंगवाका प्रमुख दिवाकर झा सचिव र जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत जय किशोर साह सह सचिव सहित १७ सदस्यीय कर्मचारी मिलन केन्द्र सर्लाहीको गठन गरिएको हो ।

यातायात व्यावस्था कार्यालय मलंगवाका प्रमुख शशि प्रसाद यादव,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवाका विवेक कुमार झा,जनताको तटबन्ध कार्यालयकी प्रतिमा महत्तो,मलंगवा नगरपालिकाका सन्तोष कुमार सिंह,मालपोत कार्यालय हरिवनका उदय देवकोटा,वैदेशिक रोजगार परियोजना(सामी)बाट अन्सु साह,पर्सा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थिङ,लालबन्दी नगरपालिकाका सुरेन्द्र प्रसाद खतिवडा,कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द राय यादव,बसबरिया गाउँपालिकाबाट दुर्गा भट्टराई र जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीबाट प्रहरी निरिक्षक वलिष्टर सिंह सदस्यमा चयन भएका छन् ।प्रमुख जिल्ला अधिकारी संरक्षक र जिल्ला न्यायधिश सल्लाहकार रहने केन्द्रको सदस्यहरुमा संघीय,प्रदेश र स्थानीय तहहरुका कर्मचारीहरुको प्रतिनिधित्व रहेको छ ।
कर्मचारी मिलन केन्द्रले कर्मचारीहरूको हक,हित र कल्याणको लागि काम गर्ने गर्छ । कर्मचारीहरूलाई आवश्यक सेवा,सुविधा तथा मनोबल वृद्धि गर्ने वातावरण तयार गर्नुका साथै आफ्नो काम,कर्तव्य र अधिकार पालना गर्न केन्द्रले प्रोत्साहन गर्ने गर्छ ।
कर्मचारीहरूका लागि खेलकुद,तालिम र मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गर्नु,स्वास्थ्य शिविर,जीवन बीमा तथा पेंशनजस्ता सुविधा प्रबन्ध गर्नु,कर्मचारीहरूको दुर्घटना,रोग वा आर्थिक संकटमा सहयोग गर्न कोष व्यवस्थापन गर्नु,अवकाश प्राप्त कर्मचारीहरूको पुनर्वास तथा तिनीहरूको जीवनस्तर सुधारका योजना बनाउनुका साथै कर्मचारीहरूको गुनासो सुन्ने र समाधान गर्न पहल गर्ने र संस्थामा हुने श्रम विवाद वा अन्य समस्याहरू सुल्झाउने काम केन्द्रले गर्नेगर्छ ।
यसका साथै कर्मचारीहरूको परिवारका लागि शिक्षा,स्वास्थ्य तथा अन्य सेवासुविधा प्रदान गर्ने र सामुदायिक क्षेत्रमा विकास परियोजनाहरूमा सहयोग गर्ने काम केन्द्रले गर्ने गर्छ ।संस्थाको कोष,योजना र निर्णय प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्नु,सबै कर्मचारीलाई जात, धर्म,लिंग वा अन्य भेदभाव बिना समान व्यवहार गर्नु,संस्थाभित्र सहकार्य,मेलमिलाप र व्यावसायिकताको प्रवद्र्धन गर्नु,सरकार र संस्थाले निर्धारण गरेका श्रमसम्बन्धी नियम तथा नीतिहरू लागू गर्नु केन्द्रको कतव्र्य हो ।