Close This

सुनकोसीद्धारा आइसोलेसनलाई ५ लाख र अस्पताललाई १ लाख सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१७ गते   ३८२ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा निर्माणाधिन ५० वेडको आईसोलेसनका लागि  सुनकोसी  गाउपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ ।सुनकोसी गाउँकार्यपालिकाको बैठकले निर्माणाधिन आईसोलेसन भवन निर्माणका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल)ले जानकारी दिनुभयो ।
“अहिले तत्कालका लागि भवन निर्माणमा ५ लाख  रकम सहयोग गर्ने निर्णय गरेका छौं । भोलीका दिनमा जिल्लाका अन्य स्थानिय निकायलाई पर्ने भाग अनुसार सहयो गर्ने छौँ । ” अध्यक्ष दिपाले बताउनु भयो ।
 जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जादाँ संक्रमितलाई राखेर उपचार गर्न आईसोलेसन वेडको अभाव भएपछि एकै पटक ५० वेडको आईसोलन भवन निर्माण गर्न सुरु गरिएको हो । आईसोलेसन भवन निर्माणमा अहिले विभिन्न निकायहरुले स्वात स्फुर्त रुपमा सहयोग गरी रहेका छन् । तीन हप्तामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको आइसोलेसन भवन निर्माणका लागि जिल्लाका स्थानिय निकायहरुबाट आवश्यक सहयोग सुरु भई सकेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गाउँपालिकाले सर्व सहमती रुपमा निर्णय गरि निर्माणधिन आइसोलेसनका लागि सहयोग गर्ने निर्णय गरेको गाउापालिकाले जनाएको छ । त्यसैगरी  सुनकोसी गाउँपालिकाले सिन्धुली जिल्ला अस्पताललाई पनि अस्पतालको स्तोउन्नतीका लागि सहयोग पुगोस भनेर १ लाख रकम सहयोग गरेको असपताल विकास समितिका अध्यक्ष प्रह्लाद पोख्रेलले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech