हरिवन नगरपालिका ११ मा रक्तदान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१ गते   १६६६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा ४९ जनाले रक्तदान गरेका छन् ।‘रक्तदान जीवन दान, आत्माज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ भएको रक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका आयाेजकले जनाएको छ । 
रक्तदान जीवन दान, आत्माज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समितिले  रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
शिविरमा संकलित रगत रक्त संचार केन्द्र भरतपुर, चितवनसँग समन्वय गरी त्यहीँ पठाइने आयाेजकले जनाएको छ। रक्तदान शिविरको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा उद्घाटन गरिएकाे हाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech