मरिण गाउँपालिकामा स्वःअध्ययन सामाग्री हस्तान्तरणअब बालबालिका अभिभावकसंगै बसेर पढ्न पाउने

2.5k Shares

सिन्धुलीको मरिण गाउँपालिकाका बाल विकास कक्षालाई स्वःअध्ययन सामाग्री हस्तान्तरण  गरिएको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा मरिण गाउँपालिकाको समन्वय तथा ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजनामा स्वःअध्ययन सामाग्री हस्तान्तरण गरिएको हो ।
बालिकाले समान रुपमा सिक्ने गुणस्तीय तथा सिकाई अवसर परियोजना मार्फत बाल विकासका विद्यार्थीहरुका लागि स्वःअध्ययन पुस्तक तथा इडिसि सामग्री वितरण गरिएको उक्त परियोजनाकी कार्यक्रम संयोजक कमला लामाले जानकारी दिनु भयो । लामाका अनुसार विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विद्यार्थीहरुले विद्यालयमा सिक्नुपर्ने कुरा सिक्न नपाएकाले बाल विकासका विद्यार्थीहरुलाई अभिभावकसंँगै बसेर अध्ययन गर्न मिल्ने पुस्तक प्रदान गरिएको हो । 
परियोजनाले मरिण गाउँपालिकाका १२ वटा विद्यालयका १ सय २१ वटा बाल विकास केन्द्रलाई ८ सय २ वटा पुस्तक मरिण गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत नबराज बराललाई हस्तान्तरण गरेको मरिण गाउँपालिका ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्स मोक्तान(प्रख्यात)ले जानकारी दिनु भयो ।
त्यस्तै पूर्व सिकाई सामाग्री तथा इएलआरले २ सय ११ जना बाल विकासका विद्यार्थीहरुका लागि सामाग्री हस्तान्तरण गरेको छ । सो सामाग्री विद्यार्थीहरुले आफ्नै घरमा लगेर खेल्ने पाउने मरिण गाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत बरालले बताउनु भयो ।

सम्बन्धित समाचार