सर्लाहीको लालबन्दीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ अन्तर्गतको जिल्ला नगर उद्योग वाणिज्य संघको सचिवालयको टोलीलेआज(आईतबार) स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।
स्थलगत निरीक्षण तथा अनुगमन गर्न गठित अनुगमन समितिले आज(आईतबार) उद्योग वाणिज्य संघ लालबन्दीको सचिवालयको अनुगमन गरेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले जानकारी दिनु भयो ।
अध्यक्ष जोशीका अनुसार समितिका सदस्य एवम नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. २ का एसोसिएट्स उपाध्यक्ष राजेश कुमार अग्रवाल, पर्यटन प्रवद्र्धन समितिका सदस्य उपेन्द्र ठाकुर तथा कार्यकारी निर्देशक प्रदीप दत्त लगायतको उपस्थिती रहेको थियो । उद्योग बाणिज्य संघ लालबन्दीको प्रगति विवरणको अनुगमन समितिले प्रसंसा गरेको छ ।