सर्लाहीका विभिन्न स्थानमा कार्यरत सात जना प्रहरी निरिक्षकहरुको सरुवा भएको छ।नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक सहित सर्लाहीका विभिन्न ईलाका प्रहरी कार्यालयहरुमा कार्यरत गरी सात जना प्रहरी निरिक्षकहरुको सरुवा गरेको हो ।जस अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मदन थापाको नेपाल प्रहरी प्रदेश कार्यालय केन्द्रीय अनुसन्धान ईकाई बनेपा सरुवा भएका छन् भने उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरो अन्वेषण योजना तथा विकास शाखाबाट रजोस घिमिरे आउने भएका छन् ।
ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक ठाकुर प्रसाद सापकोटाको जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भएको छ भने हरिपुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट रोमन राज अर्याललाई खटाईएको छ ।त्यस्तै,ईलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रमेश कुमार तिमल्सिनाको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएको छ भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट उद्वव पोखरेललाई ईलाका प्रहरी कार्यालय चक्रघट्टा खटाईएको छ ।
यो पटक इलाका प्रहरी कार्यालय गहडीयामा पनि इन्स्पेक्टर खटाइएको छ । अहिले वरिष्ठ सई इन्चार्ज रहेका इलाका प्रहरी कार्यालय गडहीयाबाट इन्स्पेक्टर खटाइए पनि यहाँबाट मुद्दा भने चल्दैन ।सुरक्षाको हिसाबले अतिसंवेदनशील मानिने क्षेत्र नं. ४ मा पर्ने इलाका प्रहरी कार्यालय गडहीयामा धेरै पहिले इन्स्पेक्टर खटाउने गरिएको थियो । अहिले काजमा इलाका प्रहरी कार्यालय बनेपा काभ्रेबाट इन्स्पेक्टर उज्वल कार्कीलाई गडहीया पठाइएको हो ।
ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक अनिलराज गिरीको प्रहरी प्रधान कार्यालय जाहेरी शाखामा सरुवा भएको छ भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय मोरङबाट किशोर तामाङलाई सरुवा गरिएको छ ।त्यस्तै ईलाका प्रहरी कर्यालय बरहथवाका प्रहरी निरिक्षक सुमन बानियाको जिल्ला प्रहरी कार्यालय उदयपुर सरुवा भएको छ भने त्यहाँ ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट दिवाकर गणेश आउने भएका छन्।ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरमा प्रहरी प्रमुख एवम प्रहरी निरिक्षकको रुपमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट उमाकान्त जोशी आउने भएका छन् ।
हाल सरुवा गरिएका सर्लाहीका सबै सातै जना प्रहरी निरिक्षकहरुको कार्यअवधी एक वर्ष भन्दा बढी भएकाले नियमित सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयले गत सोमबार एकै साथ पाँच सय ८७ जना प्रहरी निरिक्षकहरुको सरुवा गरेको हो ।