सागरनाथ वन विकास परियोजनामा उपसचिव प्रेमिलाल हाजिर

81 Shares

सर्लाहीको सागरनाथ वन विकास परियोजनामा नयाँ कार्यालय प्रमुख हाजिर भएका छन् ।विगत करिब नौ महिनादेखि परियोजना कार्यालय प्रमुख विहिन भएको थियो ।बुधबार  परियोजना प्रमुखका रुपमा उपसचिव पे्रमिलाल प्रसाद कलवार हाजिर भएका परियोजनाका सहायक वन अधिकृत शिवेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
विगत करिब नौ महिनादेखि उपसचिव स्तरका कर्मचारी नहुँदा सहायक वन अधिकृत चौधरीले निमित्त परियोजना प्रमुख भएर कार्यालय चलाएका थिए ।कार्यालय प्रमुख नहुँदा कार्यालयको आर्थिक तथा प्रसाशनीक काम कार्बाही प्रभावित भएको थियो ।वन पैदावार विकास समितिले नौ महिना सम्म पनि कार्यालय प्रमुख नपठाउँदा निमित्त प्रमुख भएका सहायक वन अधिकृत चौधरीले आफुखुसी कार्यालय चलाउने गरेका र परियोजना क्षेत्रको काठ तस्करीमा विभिन्न सःमिलहरुसंग सांठगाँठ गरेका लगायतका आरोपहरु आएका थिए ।
त्यस अघिका कार्यालय प्रमुख रामकिशोर यादवलाई सन्तोषजनक काम नभएको भन्दै वन पैदावार विकास समितिको अध्यक्ष दिपा दाहाल(शिवाकोटी) भएको समयमा तानिएको थियो । त्यसपछि वनेका समितिका अध्यक्ष राजदेव प्रसाद यादवले परियोजना प्रमुख पठाउन सकेका थिएनन् ।

सम्बन्धित समाचार