दुई सय ४१ जना मोतिया विन्दुका विरामीको निःशुल्क शल्यक्रिया

261 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाको विभिन्न तीन स्थानमा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा मोतिया विन्दुको समस्या देखिएका दुई सय ४१ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । निःशुल्क आँखा शिविरमा विभिन्न स्थानबाट आएका दुई सय ४१ जना मोतिया विन्दुका बिरामीलाई निःशुल्क अप्रेसन गरेर पठाइएको आयोजक लायन्स क्लब लालबन्दीले जनाएको छ ।लायन्स क्लब लालबन्दीले फागुन १२, १३ र १४ गते लालबन्दी,परवानिपुर र रानिगन्जमा निशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो ।

430987831_7350918844954041_5991775255636106420_n.jpg
तिलगंगा आँखा उपचार केन्द्र काठमाडौं,श्री जानकी आँखा अस्पताल जनकपुर र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीसँग समन्वयमा लायन्स क्लब लालबन्दीले निःशुल्क आँखा शिविरको आयोजना गरेको लान्यस क्लब अफ लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।उनका अनुसार शिविरमा फेला परेका मोतिया विन्दुका बिरामी तथा अन्य ठाउँमा आँखा जाँच गर्दा मोतिया विन्दु फेला परेका बिरामीलाई समेत निःशुल्क अप्रेसन गरेर पठाइएको हो ।

429589907_7350919108287348_2184326528018543668_n.jpg
लालबन्दीसहित ईश्वरपुर,हरिपुर,बरहथवा र मलंंगवालगायत विभिन्न स्थानीय तहहरुका आँखाका बिरामीले शिविरमा आएर मोतिया विन्दुको अप्रेसन गराएका नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले जनाएको छ।आफ्नै ठाउँमा काठमाडौं तथा जनकपुरबाट आएका नेत्ररोग विशेषज्ञबाट निःशुल्क मोतिया विन्दुको अप्रेसन गराउन पाउँदा वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । 

सम्बन्धित समाचार