Close This

सर्लाही ३ मा साहलाई पछ्याउने कोही छैन,कुशवाह सुरक्षित, महतो प्रतिष्पर्धामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१ गते   १४९२ पटक हेरिएको

देशभरका सबै निर्वाचन क्षेत्रभन्दा बिल्कुल अपवाद छ सर्लाहीको क्षेत्र नम्बर ३ । बिकासको पाठशाला बनिरहेको यहाँ बिकासकै योजनाकार नरेन्द्र साह फेरी चुनावी मैदानमा छन् । तर यहाँ न अन्यत्र जस्तो गठबन्धनका आधिकारिक पार्टी उम्मेदवार छन् न त पुरानालाई नरोज्ने ‘नो नट अगेन’ को नारा नै छ । अर्थात साहको क्रेज उस्तै छ–पुराना मतदाताहरूमा । युवा र नयाँ मतदाताहरूमा समेत थपिएको छ–साह प्रतिको मोह । कमलामाई मिडिया प्रा.लिको खोजले भन्छ ः यहाँ देशभर मै सबैभन्दा फरक खालको नतिजा आउँछ ।
यहाँ एक लाख २७ हजार ३४ जना मतदाता छन् । र,प्रतिनिधि सभाका लागि १३ जना उम्मेदवार । गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)ले भाग पाएको यहाँ उक्त दलका उम्मेदवार नरेन्द्र साह अन्य उममेदवारहरुको तुलनामा निकै फरक स्वभावका उम्मेदवार हुन । निकै चर्चामा रहेका साहसंग अन्यत्र जस्तो चर्को प्रतिपष्र्धाको चर्चा र माहौल नै छैन् । 
हेरौं तथ्यः यो क्षेत्रको निर्वाचनका सम्बन्धमा खोज रिपोर्ट तयार पार्न हामी बिशेष प्रश्नावलीसहित प्रतिनिधिमुलक १८ जना मतदाताको घरमा पुग्यौं । तीमध्ये १४ जना मतदाताले साहलाई मत दिने बताए । २ जनाले विपक्षी गठबन्धनका उम्मेदवारलाइृ मत दिने बताए १ जनाले गाउँका जान्ने मान्नेले भनेको ठाउँमा मतदान गर्ने बताए । भने १ जनाले उम्मेदवार भए नभए पनि घण्टी चुनाव चिन्हमा मत दिने बताए । यो तथ्यले यहाँ देशका १६५ निर्वाचन क्षेत्र मध्ये सबैभन्दा फरक खालको निर्वाचनको नतिजा आउने देखाउँछ ।
फकर नजिता  किन हुनेछ ?
अधिकांश मतदाताहरूको मान्यता छ‘जित्नेले हाम्रा लागि भलो गरुन् । बिकास ल्याउन । जसले त्यसो गर्ने क्षमता राख्छ,उसैले भोट पाउँछ ।’उनीहरूका भनाइमा बिकासको बहार ल्याउने उम्मेदवार साह नै हुन् । जसले पहिले पनि बिकासको अगुवाई गरे । अब पनि गर्न सक्नेछन् । किनभने उनले जितेमा महत्वपूर्ण भूमिका सहित मन्त्रिपरिषदमा पुग्नेछन् । बिकास फैलाउन,बजेट ब्यवस्था गर्न र जनताका माग पूरा गर्न शक्तिशाली पहुँचमा हुनेछन् । यो क्षेत्रमा यस्तो भूमिका अरू कसैले खेल्न नसक्ने र तुलना नै हुन नसक्ने उत्तरदाता मतदाताहरूको ठम्याई छ ।
२०७० सालको निर्वाचनमा समानुपातिक तर्फबाट बिजयी भएपछि साहले आफ्नै पहलमा सर्लाही ३ काविभिन्न स्थानका दुखी,पीडितहरुलाई समयानुसार सहयोग गरे,समान्पातिक सांसद भए पछि ठूला विकासे आयोजनाका निम्ति अरबौं बजेट छुट्ट्उन नसकेपनि आएको बजेटलाई भरपुर जनताको काममा लगानी गरे ।
सर्लाही ३ मा धार्मिक,सांस्कृतिक र भौतिक क्षेत्रमा आफु बहालबाला सांसद हुँदा आफ्नो बजेट खर्चेर सामाजिक काममा लागेका साह आफ्नो निजी लगानीमा पनि सामाजिक काममा व्यस्त रहने गरेका छन् ।
आगामी दिनमा सरकारमा महत्वपुर्ण भुमिका निभाउन सक्ने सम्भावना बोकेका साहलाइ मतदाताहरू अरूसँग उनको तुलना हुन नसक्ने तर्क गर्दछन् । मतदाताहरूको तर्क छ ‘उनी मतदाताबीच परिचित छन् । हरेकसँग आत्मीय ब्यवहार गर्छन् । हरेकका कुरा सुन्छन् । समन्वयकारी छन् । विपक्षीका कुरा पनि उत्तिकै ध्यानपूर्वक सुन्छन । कसैको बिरोधमा समय खर्चिदैनन् बरु दिनदुखीका साथमा रमाउ छन् ।’ बिकासका लागि पहुँच नभएकाहरूलाई मत खेर फाल्नुको साटो साहलाई नै रोज्ने मतदाताहरूको मनोबिज्ञानले यसपटक सर्लाही ३ मा साहको जीत पक्का छ ।
नेकपा(माओवादी केन्द्र) मधेश प्रदेशका प्रदेश कमिटि सदस्य तथा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाकोसाथ पाएका साहलाइृ जनताले जसरी भरत कुमार थापाले बागमती नगरपालिकालाई देशभरकै उत्कृष्ट दशौँ भित्र पार्न सफल भए त्यसैगरी साहले पनि सर्लाही ३ लाई देशकै एक नमुना निर्वाचन क्षेत्र बनाउनेमा मतदाताहरु ढुक्क छन् ।
पाँच दलिय गठबन्धनका उम्मेदवार साहलाई राम्ररी नचिन्ने उत्तरदाता मतदाताहरूको संख्या साहेदै होला । नेपाली कांग्रेस र नेकपा(माओबादी केन्द्र),नेकपा(एककिृत समाजवादी) पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका उममेदवार साहलाइ अन्य दलका नेता तथा कार्यकर्ताहरुको पनि आन्तरीक सर्मथन रहेको छ ।
मतदाताहरूका तर्कमा खास बिकासका एजेण्डा बोक्ने र तिनलाई कार्यन्वयन गर्ने पहुँचका भएका बागमती नगरपालिकाका नगर प्रमुख थापाको पुर्णसाथ पाएका उम्मेदवार साहले पनि बागमतीको विकासको गतिको बाटोलाई निरन्तरता दिने मतदाताहरुको विश्वास छ ।
२०७४ सालको प्रतिनिधि सभा चुनावमा स्वतन्त्रबाट उठेका साह निर्वाचनमा पराजित भएपनि सर्लाही ३ का जनताभन्दा बाहिर नगई जनताका दुःखका सारथी बनेका थिए । सोही क्षेत्रको बरहथवा नगरपालिका ११ घर भएका साहसंग सर्लाही क्षेत्र नम्बर ४ मा पर्ने बरहथवा नगरपालिकाको  वडा नम्बर १५ र भएका विपक्षी तीन दलिय गठबन्धनका नेता हरि उप्रेती चुनावी मैदानमा छन् ।
मतदाताहरूको मतको ट्रेण्ड बुझ्न हामीले हरिवन नगरपालिकाका वडा नम्बर १ देखि वडा नम्बर ८,बरहथवा नगरपालिका ५ र बागमती नगरपाकिला ८ का गरि १८ जना  मतदातालाई भेटेका थियौं । ५१ वटा वडामा रहेको सर्लाही ३ मा करिब १ लाख २७ हजार  मतदाता रहेका छन् । अघिल्लो पटक एमालेका उम्मेदवार उप्रेतीलाई भोट हालेका धेरै मतदाताले हामीसँगको कुराकानीमा अहिलेसम्म कसलाई भोट हाल्ने भन्ने निर्णय गरि नसकेको भएपनि पाँच वर्षअघि भोट हालेर जिताएर पठाएका उममेदवारलेकेही नगरेका कारण मत परिवर्तन गर्ने बताए ।
साहले भोट   कति ल्याउलान् ?
सर्लाही क्षेत्र नम्बर ३ मा १ लाख २७ हजार ३४ जना मतदाता रहेका छन् । अङ्कगणितीय हिसाबले ५१ वडा रहेको क्षेत्र नम्बर ३ मा गएको स्थानिय निकायको निर्वाचनमा नेपाली कांग्रेसले १३,माओवादी केन्द्रले १४,एमालेले ११,जनता समाजवादी पार्टी(जसपा)ले १०, नेकपा(एकीकृत समाजवादी)पार्टीले २ र बहुजन एकता पार्टीले १ वडा जितेको छ । यसलाई आधार मान्दा सत्तापक्षीय गठबन्धन दलको उम्मेदवार साहको पक्षमा २९ वटा वडा देखिन्छ । त्यसैगरी विपक्षी दलका उम्मेदवार उप्रेतीको पक्षमा २१ वटा वडा देखिन्छ । बहुजन एकता पार्टी एक्लै चुनावी मैदानमा छ ।
हामीले भेटेका मतदाताहरु मध्ये अघिल्लो पटकको निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिने ११ जना थिए । अघिल्लो पटक एमालेका उप्रेतीलाई मत दिएका ११ मध्ये २ जनाले मात्र यस पटक मतदान गर्दा पुरानै उम्मेदवारलाई मतदान गर्ने शंकेत गरे । यसको अर्थ एमालेले अघिल्लो पटक पाएको मत भन्दा धेरै मत घटि पाउने छ । पाँच वर्षको दौरानमा साहले विकासका लागि लिएको पहलकदमी,जनतासंगको व्यवहार र विपक्षी गठबन्धनका उम्मेदवारको भ्रमको खोतीका कारण पनि साहको पक्षमा सुखद परिणाम प्रमाणित हुने आधार देखिन्छ ।
गठबन्धनको नालीबेली
निर्वाचनमा मनोनयन दर्ता गर्दा सत्ता गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र)का साह उम्मेदवार भए । तुलनात्मक हिसावले क्लस्टरमा जसको स्थानिय निकायको मत राम्रो छ उसैलाई सोही षे दिने सहमती भए अनुसार साह सर्लाही ३ बाट उम्मेदवार बने । काँग्रेसले सर्लाही ३(ख)मा र नेकपा(एकिकृत समाजवादी) पार्टीले ३(क)मा भाग पायो ।
साह झन् पहुँचमा पुग्दै 
मंसिर ४ को निर्वाचनपछि पाँच दलिय गठबन्धनको सरकार बनेमा उक्त सरकारको मन्त्रीमण्डलमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्नसक्ने मध्येमा एक हुन् सर्लाही ३ बाट पाँच दलिय गठबन्धनको तर्फबाट उममेदवर बनेका माओवादी केन्द्रका नेता साह । पाँच दलिय गठबन्धनले निर्वाचन पछि पनि गठबन्धनको बहुमतको सरकार निर्माण हुने शिर्ष नेताहरुले बताएका छन् । जसबाट पनि निर्वाचनमा साहले जितेपछि सर्लाही ३ मा ठूला आयोजनाहरू ल्याउने,कतिपय ठूला आयोजनाहरूलाई पूर्णता र नयाँ आयोजनाहरूको शुरुवात गर्ने घोषणापत्रमा प्रतिवद्धता जनाएका छन् ।
प्रदेश सभामा  के होला ?


यो क्षेत्रको प्रदेश सभा निर्वाचन पनि चाखलाग्दो हुनेछ । गठबन्धनमध्ये ठूला दल काँग्रेस, माओबादी केन्द्र र एकिकृत समाजवादीले प्रदेश सभामा पद बाँडफाँड गरि  उम्मेदवार उठाएको छ । कांग्रेसबाट ३(ख)मा हरेश महतो र एकिकृत समाजवादीबाट ३(क)मा डिलली प्रसाद उप्रेती उमेदवार भएपनि ३(क)मा स्वतन्त्र तर्फबाट उममेदवारी दिएका जवाहरलाल कुशवाहको पक्षमा जनलहर होमिएको छ ।
प्रदेश सभाका दुबै सिटमा आफ्ना दुबै उम्मेद्वार बलिया रहेको पाँच दलिय गठबनधनले दाबी गरेपनि सर्लाही ३(क) मा स्वतन्त्र उम्मेदवारी दिएका कुशवाहको जीत करिब निश्चीत भईसकेको छ । कुशवाहलाई सुरुबात देखि नै स्थानिय जनताले साथ दिएपछि तर्सिएको गठबन्धन कुनैपनि हालतमा आफुलेचुनाव जित्न नपाए धाँधली भएकोनाटक गर्ने षडयनत्र बनाउन थालि सकेको छ । शालिन,बुद्धिजिवी र स्वच्छ छबि भएका कुशवाहले शिक्षण पेशादेखि समाजिक कार्यमा तत्परता देखाएका कारण उनिप्रति सर्लाही ३(क)का जनताले निकै आशा राखेका छन् ।


भने सर्लाही ३ (ख) मा कांग्रेसका हरेश महतो सुरक्षित रहेको मतदाताहरूको ठम्याई छ । लामो समयदेखि सामाजिक कार्यमा तल्लीन रहेका महतो  आफ्नो षेत्रका मतदाताहरुको मनोभावना बुझ्न सक्ने उम्मेदवार हुन ।
सर्लाही ३ लाई बिकासमा देशकै नमुना बनाउन लागि पर्ने प्रतिनिधि सभा सदस्य तर्फका साह,सर्लाही ३ (क) प्रदेश सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका कुशवाह र सर्लाही ३(ख)का महतोको इच्छा यस पटक सर्लाही ३ बासीले पुरा गरिदिने जानकारहरुको पनि अनुमान छ ।
विपक्षी गठबन्धनका उममेदवारहरुले सर्लाही ३ को सर्लक्क भोट आउने र आफूले जित्ने दाबी गरेपनि एमालेका प्रतिनिधि सभा सदस्यका उममेदवार उप्रेती,सर्लाही ३(क)का उममेदवार गणेश प्रसाईलाई एमालेकै नेता कार्यकर्ताहरुले मतदान नगर्ने शंकेत गरेका छन् भने सर्लाही ३(ख)मा पनि विपक्षी गठबन्धनको अवस्था निकै दयनिय रहेको जानकारहरुको टिप्पणी छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech