लालबन्दी ६ को विश्व शान्ती वौद्ध गुम्बाको उद्घाटन

361 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा निर्माण गरिएको विश्व शान्ती वौद्ध गुम्बाको उद्धघाटन तथा तीन दिने प्राण प्रतिष्ठा सुरु भएको छ।लालबन्दी नगरपालिका ६ स्थित रहेको विश्व शान्ती वौद्ध गुम्बाको आयोजनामा तीन दिने प्राण प्रतिष्ठा सुरु भएको कार्यक्रमका अध्यक्ष बुद्ध लामाले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम बौद्ध धर्मगुरु लोपेन पेमा लामाको विशेष उपस्थितिमा पुजा पाठ सहित गुम्बाको उद्घघाटन सहित तीन दिने प्राण प्रतिष्ठा सुरु भएको हो ।

l1.jpeg
कार्यक्रममा लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष लाल बहादुर योन्जन,लालबन्दी नगरपालिका १ का वडा अध्यक्ष हरि बहादुर भट्टराई(हरिहर),लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष शुक्र लामा सहित नेकपा (एकीकृत समाजवादी)सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा र नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि अध्यक्ष अर्जुन जर्घा मगर लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार