Close This

प्रहरीले निषेधाज्ञा कडा पारेको भन्दै काङ्ग्रेसको बिरोध

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-११ गते   २२० पटक हेरिएको

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) संक्रमणको दोस्रो लहर दिनप्रतिदिन बढी रहेको छ । कोरोनाका बिरामी बढ्दै गएपछि स्थानीय प्रशासनले विश्वव्यापी महामारीबाट आम सर्वसाधारणलाई जोगाउन निषेधाज्ञा नै प्रभावकारी देखिएको भन्दै स्थानिय प्रशासनले सर्लाही जिल्लाभरि निषेधाज्ञा लगाएको छ । 
कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले देशभरि निषेधाज्ञा जारी गर्दै यसलाई अझ कडा बनाउदै लगेको छ । सरकारले निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कानूनी कार्बाही समेत गर्ने चेतावनी दिएको छ । भने निषेधाज्ञा पालना गराउन सरकारले सुरक्षाकर्मीलाई जिम्मा दिएको छ । 


संकटका समयमा दिनरात,भोक,तिर्खा नभनि र नियमअनुसार पाउने विदासमेत नबसी सुरक्षाकर्मीहरु अग्रपंक्तिमा खटिएका छन् । तर, देश र जनताका लागि खटिएका सुरक्षाकर्मीले सहयोग पाउनु त कता हो कता उल्टै निषेधाज्ञा गर्न नदिएको भन्दै धम्की आउने गरेका उदाहरणहरु पनि छन् । सर्लाहीमा निषेधाज्ञा पालना गराउन खटिएका प्रहरीलाई काम गर्न नदिने, असहयोग गर्ने र मनोबल घटाउने जस्ता गतिविधि आफूलाई प्रभावशाली ठान्नेहरुबाट भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
कांग्रेसका क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्र दासलाई निषेधाज्ञा उल्लंघन नगर्नका लागि सम्झाउने प्रहरीविरुद्ध विज्ञप्ति निकालेर विरोध गर्नेजस्ता गलत कामहरु भएका छन् । जसबाट देशमा संकटमा अग्रपंतिमा खटिने प्रहरी तथा सुरक्षाकर्मीहरुको मनोवल घटेको छ ।  नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाँउदै बजार,चोक चौतारामा हुलहुज्जत गर्ने रफिल्डमा डिउटीमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीहरुलाई धम्क्याउने गरेको भन्दै प्रहरीले गुनासो गरेको छ । ठुलो हुलहुज्जत लिएर बरथवा बीच बजारमा  गफ गरिरहेका दासलाई प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीलाई उहाँले प्रमुख जिल्ला अधिकारीको र प्रहरी उपरिक्षकको नाम लिँदै धम्क्याएका एक प्रहरी अधिकारीले बताएका छन् ।
एकजनाको कमिकमजोरीले धेरैलाई संक्रमण हुनसक्ने भन्दै दासलाई प्रहरीले निषेधाज्ञा पालना गर्न आग्रह गर्दा त्यसको विरोधमा नेपाली कांग्रेस बरथवाले विज्ञप्ति समेत जारी गरेको छ । कांग्रेस बरहथवा नगर समिति सभापति उपेन्द्र कुशवाहले प्रहरीको विरोधमा विज्ञप्ति नै निकालेर आफ्नो कारणले बरथवान गरपालिकामा संक्रमत बढ्दै गएको स्वीकार समेत गरेका छन् । तर, प्रहरीले निषेधाज्ञा पालन गर्न कडाई गरेकोमा भने उनले आपत्ति जनाएका हुन् । कोरोना बढेको स्वकार्ने तर, निषेधाज्ञा भने कडा गर्नु नहुनेजस्तो दोधारे चरित्र देखाउने परिपार्टीले सुरक्षाकर्मीको मनोबल घटाउने काम गरेको प्रहरी अधिकारीहरुको भनाई छ । 
स्थानीयले कोरोना संक्रमण फैलन सक्ने भनेर निषेधाज्ञा थप कडाई गर्न सुरक्षाकर्मीलाई आग्रह गरेका भएपनि राजनैतिक दलका नेताहरुबाट त्यसकोविरोध हुनमा आफुहरु ललज्जीत भएको प्रहरी अधिकारीहरुको भनाई छ । 
प्रहरीले निषेधाज्ञा पालना गराउन कडाई नगरे संक्रमण अझै बढ्न सक्ने जोखिम रहेको स्थानीयको भनाइ छ ।  सम्बन्धीत स्थानिय निकायलाई कोरोना परीक्षण बढाउन, निषेधाज्ञा सतप्रतिशत पालना गराउन, बिरामीको उचित उपचार गराउन स्थानीयले माग गर्दै आएका छन् । 
‘नेताजी र हुनेखानेहरुलाई निषेधाज्ञा नलाग्ने भन्ने हुँदैन,’ भन्दै स्थानियले नेपाली कांग्रेसले गरेको हर्कतकोविरोध समेत गरेका छन् ।‘उनीहरुकै कारण संक्रमण फैलियो भने सर्वसधारणले उपचार पनि नपाउने अवस्था छ । यस्तो बेला प्रहरीले ठूलो सानो नहेरी निषेधाज्ञा पालना गराउन कडाई गर्नुपर्छ ।’ स्थानियले बताएका छन् ।
बढी जनसंख्या भएको र भिडभाड बढी हुने बरहथवामा प्रहरीको सक्रियताकै कारण निषेधाज्ञा पूर्ण पालना भइरहेको छ । सुरक्षाकर्मीले कडाइ नगरेर भिडभाड बढेर संक्रमण फैलने डर स्थानीयलाई छ । ‘सुरक्षाकर्मीहरुले आफू जोखिम मोलेरै कर्तव्य पालना गर्दै जनताको लागि काम गरिरहेका बरहथवाका एक व्यापारीले बताएका छन् । ‘यस्तो बेलामा सुरक्षाकर्मीको मनोबल घटाउने काम कसैबाट हुनु हुँदैन ।’ 
यदी कसैलेत्यस्तो कार्य गरेमा त्योकाुननी अपराध हुने इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताउनुभयो । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गराउन र स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञाको कार्यान्वयन गराउने काममा प्रहरी सधैँ कटिबद्ध रहेको प्रहरी नायव उपरिक्षक भाटले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech