Close This

भारतिय डीटीएच प्रविधिमा डिसहोमको रोक लगाउने अभियान सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२० गते   ४८४ पटक हेरिएको

सर्लाहीमा भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउने अभियान सुरु गरिएको छ ।  डिसहोमले भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउन नेपाली डिसहोमसंग साटेर भारतीय डिटिएच प्रविधि विस्थापित गर्ने काम सुरु गरेको छ । जिल्लाका अधिकांश गाउँहरुमा टेलिभिजन हेर्न अवैधरुपमा भारतीय डीटीएच प्रविधिको प्रयोग भइरहेको सयममा डिसहोमले यस्तो अभियान सुरु गरेको हो ।
नेपाली बजारमा भारतीय सेटअप बक्स किन्न नपाइने भएपनि खुल्ला सिमानाका कारण छिमेकी देश भारतका विभिन्न बजारबाट भएपनि ल्याएरै भारतीय स्याटेलाइट प्रविधि प्रयोग अत्याधिक मात्रामा भइरहेको पाईएपछि डिसहोमले भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउने अभियान सुरु गरेको सिनियर एकाउन्ट अफिसर  विशाल सुवेदीले बताउनु भयो ।
टेलिभिजन हेर्न नेपाली डीटीएच प्रविधिको प्रयोग गर्नुपर्ने भएपनि जिल्लाको  अधिकांश सीमा क्षेत्रमा भारतीय स्याटेलाइटकै प्रयोग भएको पाईएको छ । नेपाल सरकारलाई कर पनि तिर्न नपर्ने भएका कारण पनि अवैध रुपमा भएपनि जिल्लाका अधिकांशले भारतीय डिजिटल प्रविधिमार्फत टेलिभिजन च्यानल हेर्ने गरेको पाइएको हो । यसले नेपाल सरकारको राजश्व घट्ने भएकाले ठाउं ठाउंमा कडाइ पनि गरिएको छ । सोही अनुसार जिल्लाको लालबन्दीमा 
त्यस्ता भारतीय डीटीएच प्रविधिको प्रयोगमा रोक्न लगाउन डिसहोमसंग एक्चेन्ज गरेर त्यस्ता भातरीय डीटीएच प्रविधि हटाउने काम सुरु भएको हो ।
भारतिय डीटीएच प्रविधिको प्रयोग हटाउनुको साथै नेपाल सरकारलाई कर बढाउन,नागरीकलाई सांस्कृतिक आक्रमणबाट बचाउन, राष्ट्रियता प्रतिको सम्मान र पहिचान जोगाउन,नागरीकहरुलाई जनचेतना बढाउन र नेपाली सिनेमाहरुको स्तरोउन्नतीका साथै प्रचारप्रसारमा मद्धत पुर्याउन भारतिय डीटीएच प्रविधिको प्रयोगमा रोक लगाउने अभियान सुरु गरिएको डिसहोमका सब एसिष्टेन्ट अफिसर विशाल सुवेदीले बताउनु भयो ।
सर्लाही टिभी घर लालबन्दीमा एक्चेन्जका लागि आएका ग्राहकहरुसंग रहेका २ सय ९३ वटा भारतीय डीटीएच प्रविधिका सेटअप बक्स डिष्पोज गरिएको सेल्स अफिसर शिव निरौलाले बताउनु भयो । 
लुकिछिपी सीमापारिबाट सेटअप बक्स ल्याएर प्रयोग गर्ने प्रवृत्ति रहेका कारण नेपाल सरकारलाई तिर्नु पर्ने करमा समेत बृद्धि गर्न पनि आफुहरुले अभियान बनाएरै भारतिय डीटीएच प्रविधिको प्रयोगमा रोक लगाउने काम सुरु गरेको डिसहोमले जनाएको छ ।
भारतीय सेटअप बक्स प्रयोग गर्दा भारतीय च्यानल मात्रै आउने भएकाले नेपालका भन्दा भारतका गतिविधिसंग नजिक हुने भएका कारण पनि नेपालको प्रधानमन्त्री को हो भनेर सोध्दा समेत नरेन्द्र मोदी भन्ने अवस्था सृजना हुन लागेको भन्दै आफुहरुले यस्तो काम सुरु गरेको सर्लाही टिभी घर लालबन्दीका सञ्चालक सुभाष दाहालले बताउनु भयो । डिसहोमले अभियान बनाएरै भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउने कार्य सुरु गरेको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech